घर स्थानिय समाचार

स्थानिय समाचार

जनप्रतिनिधि र कर्मचारीलाई सङ्क्रमण पुष्टि भएपछि पाल्पाको निस्दी गाउँपालिका सिल

गाउँपालिकाले ५० जनाको स्वाब सङ्कलन गरी पाल्पा अस्पतालमा सञ्चालन गरिएको कोभिड–१९ प्रयोगशालामा पठाइएको थियो । तीमध्ये १० जनाको रिपोर्ट पोजेटिभ आएको हो। कोरोना सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ।

जिल्ला प्रहरीको आत्महत्या रोकथाम,चेतना र प्रयासको १५ दिने अभियान

बिभिन्न समस्या समाधानको आसा लिएर कार्यालय आएका नागरिकको गुनासो सुनेर उचित सम्बोधनको पहल पछी गिरीले अन्तर्कृया सुरु गर्नुभयो।त्यो अन्तर्कृया पछील्लो समय बढ्दै गरेको आत्महत्याको रोकथाम तथा चेतना फैलाउने सम्बन्धमा थियो।त्यही क्रममा गिरीले आफ्नो सेवा अवधीमा देखेका बिभिन्न आत्महत्या सम्बन्धी केसको अनुभव पनि साट्नुभयो र सँगै सेवाग्राहीका तर्फबाट त्यसको रोकथामका सम्भावित उपायहरुका बारेमा पनि छलफल भयो।

पाल्पालीलाइ सास्ती:बाटो अवरुद्द,बिद्युत र टेलिफोन सेवा अनियमित

पाल्पामा बिगत केही दिनमा भएको अविरल बर्षाले जिल्लाको बिभिन्न स्थानमा पहिरो गयो।जिल्लाको मुख्य राजमार्ग अन्तर्गत सिद्दार्थ राजमार्गका दर्जन बढी स्थानमा पहिरोले बाटो अवरुद्द भएको छ।केही स्थानको पहिरो पन्छाइए पनि झुम्सा सिद्दबाबा क्षेत्रमा गएको पहिरो पञ्छाउन नसक्दा शनिबार रातीसम्म पनि बाटो अवरुद्द रहेको छ।बाटो अवरुद्द हुँदा पाल्पा हुँदै बुटवल,काठमान्डौ जाने यात्रु अलपत्र बनेका छन।

पाल्पा कोभिड १९ तथ्याङ्क:८५% निको,०.२९% मृत्‍यु र १४% समुदाय स्तरका सङ्क्रमित

यसरी हेर्दा पाल्पामा कुल परिक्षणको १०% मा कोरोना सङ्क्रमण पुष्टी भएको छ।यस्तै कुल सङ्क्रमितको ८५% निको भएर घर फर्किएका छन भने ०.२९% को मृत्‍यु भएको छ।स्वास्थ्य कार्यालयले जनाए अनुसार हालसम्म ९५ जना सङ्क्रमित समुदाय स्तरका छन जुन कुल सङ्क्रमितको १४% हुन्छ।पाल्पामा कोभिड १९ सन्क्रमणको लहरलाई नियाल्दा भारत तथा अन्य मुलुकबाट आइ क्वारेन्टिनमा बसेका धेरै सङ्क्रमित रहेका थिए जसमध्य अधिकान्समा लक्षण देखिएको थिएन भने १ जनाको मृत्‍यु भएको थियो।

पाल्पा आइपुग्यो पिसिआर मेसिन,परिक्षण सुरु हुन केही दिन लाग्ने(फोटो फिचर)

पाल्पा अस्पातल अन्तर्गतको पिसिआर ल्याबको लागि पिसिआर मेसिन आइपुगेको छ।स्वास्थ्य मन्त्रालय अन्तर्गत पिसिआर ल्याब स्थापनाको लागि निर्णय भएबमोजिम पिसिआर ल्याब स्थापना हुन लागेको हो।

समुदाय स्तरका २३३ जनाको स्वाब संकलन

सुमन गाहा माथागढी गाँउपालिकामा समुदाय स्तरमा कोरोना भाईरस संक्रमण फैलन थालेपछी पुनः समुदाय स्तरबाट स्वाब संकलन गरेकाे छ ।माथागढी गाउँपालिकाका स्वास्थ्य संयाेजक केशव जि सि का अनुसार गत भदौ १०,११ र १६...

पाल्पामा २८ कोरोना सङ्क्रमित थपिए,सङ्क्रमण समुदाय स्तर उन्मुख

पाल्पामा थप २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ।प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा तानसेन नगरपालिकाका १६ जना,रम्भा गाउपालिकाका ९ जना र अस्पातलबाट लिएको स्वाबमा ३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।तानसेनमा देखिएका सङ्क्रमितमा ४ जना जनप्रतिनिधी रहेका छन र धेरै ट्राभल हिस्ट्री नभएका समुदाय स्तरका ब्यक्ती रहेका छन।

समुदायमा काेराेना पुष्टि भएपछि माथागढीकाे केही क्षेत्र सिल

पाल्पा २२ भदाैं जिल्लाकाे माथागढी गाउँपालिकाले वडा नं १ को केही क्षेत्रहरू सिल गर्ने निर्णय गरेकाे छ । साे क्षेत्रमा समुदाय स्तरमा काेराेना संक्रमण पुष्टि भएपछि सिल गर्ने निर्णय भएकाे हाे । वडा नं १काे वडा कार्यालय, सातदोबाटो लगायतका क्षेत्रमा पसल नखाेल्न,यातायातका साधन नचलाउन र स्थानियलाई अनावश्यक हिड्डुल नगर्न अग्रह गरिएकाे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले जानकारी दिनुभयो।

सशस्त्र प्रहरीद्वारा रम्भाको पहिरोमा रेस्क्यु अपरेसन,एक ब्यक्ती बेपत्ता रहेको आशंका

रम्भा गाउपालिका३ पिपलडाँडामा भदौ १५ गते गएको पहिरोमा परी एक ब्यक्ती अझै बेपत्ता रहेको आशंका गरिएको छ। बिगत ६ दिनदेखी सशस्त्र प्रहरी बल ३५ गुल्म हे कवा बाट सशस्त्र प्रहरी कर्मचारीहरु विपद् उद्बारका सामाग्रिहरु सहित उद्दारमा खटिएका छन।पहिरोमा परी रम्भा गाउपालिका ३ पिपलडाँडाका ३३ बर्षिय राजकुमार थापा मगर पुरिएको आशन्का गरिएको छ ।घरबाट दाउरा काट्न हिडेका थापा अझै सम्पर्क बिहिन रहेको र दाउराको भारी पहिरो गएको स्थान नजिकै भेटिएकाले पुरिएको आशंका गरिएको हो।

पाल्पा अस्पातलमा उपचाररत एक जनामा कोरोना सङ्क्रमण,आकस्मिक बाहेकका सेवा बन्द

पाल्पा अस्पातलमा उपचाररत एक जनामा कोरोना सङ्क्रमण पुषटी भएको छ।बिगत एक हफ्तादेखी अस्पातलमा उपचाररत एक जनामा सङ्क्रमण पुषटी भएपछी आकास्मिक बाहेकका सेवा बन्द गरिएको छ।

सिफारिस