घर लेख/विचार

लेख/विचार

गाउँमा एक्लै भएका बुवाआमाले फेरि छोराछोरीको साथ पाउनेछन्

0

सुमन गाहा
सबैले भन्छन् कोरोनाले सबै कुरा बिगार्‍यो । तर मलाई लाग्छ कोरोनाले हामीलाई धेरै कुरा सिकाएको छ ।

अझ धन कमाउन र गाउँ छाडेर परदेश हिँडेका युवालाई त झन धेरै कुरा सिकाएको छ । परदेशमा हुनेले यतिबेला के मात्र भोगेका छैनन् ! दुःख, अभाव डर र त्रास सबैथोक भोग्न परेको छ । एकातिर कोरोना लाग्ला भन्ने डर, अर्कोतिर छैन रोजगारीको भर ! अनि साहुको ऋण त छँदैछ ।

यी चिन्तनले नै अहिले परदेशीलाई आफ्नै ठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने महसुस गराएको छ । महामारीमा परेका युवालाई उद्धार गर्नुपर्दा सरकारलाई पनि लागेको होला नि यिनीहरुको पौरख देश विकासमा लगाउन पाएको भए !

अनि परदेशी युवाहरूलाई पनि लागेको छ परदेशमा दुःख सहनुभन्दा त आफ्नै बाँझो जमिनमा लहलह धानका बाला झुलाउन पाएको भए।

यसअघि यस्तो लागेको थिएन होला । यो अनुभवले पनि मलाई लाग्छ अब धेरैले खेर गएका खेतबारीमा खनजोत गरी सुन फलाउनेछन् । परदेशको खटाइबाट मुक्त हुनेछन् । सहर होइन गाउँलाई नै प्यारो ठान्नेछन्। गाउँलाई हराभरा बनाउने सोच बनाउनेछन् ।

सबैले आफ्नै गाउँठाउँमा केही गर्दा विस्तारै आफू आफ्नै देशमा आत्मनिर्भर हुनेछन् । विदेश जान ऋण काढ्न गाउँगाउँ डुल्नुपर्ने दिनको अन्त्य हुनेछ । देश छाडेर विदेश जाने होडले बाँझा भएका जमिन हराभरा हुनेछन् । एक्लै भएका बुवाआमाले फेरि आफ्नो छोराछोरीको साथ पाउनेछन् ।

ईम्बोष्ड नम्बर प्लेट–भाषाको छातीमा विषाक्त छुरा

0

रामेश्वर राउत “मातृदास ”
भाषा मानवसमाजको महानतम–दुर्लभ प्राप्ति हो । जलचर, थलचर, नवचर र उभयचरमा गणितको सङ्ख्याले गन्न र भन्न नभ्याइने प्राणीहरू छन् । ती सबै प्राणीहरूमध्येकै एउटा प्राणी हो मानव । अन्य प्राणीहरूले आफ्नो भौतिक उपस्थितिलाई गौरवशाली र प्रभावशाली बनाउन सकेका छैनन् । मानव समाजले आफुलाई सर्वाधिक चेतनशील प्राणीमा उपस्थित गराउन सक्नुको प्रमुख कारण भनेकै मान्छेले प्राप्त गरेको लेख्य भाषा हो ।

भाषा भएकै कारण मान्छेले आफुले हासिल गरेको ज्ञान, विद्या, बुद्धि र चेतनालाई संप्रेषण र सुरक्षित गर्न सकेको छ । ज्ञान, विद्या, बुद्धि र चेतनालाई पुस्तौँ पुस्तासम्म हुने गरी हस्तान्तरण एवम् पुस्तान्तरण गर्ने सौभाग्य मानवसमाजलाई प्राप्त छ।चेतना र जागरणलाई टाढा–टाढासम्म
विस्तार गर्ने मूल माध्यम भनेकै भाषा हो।भनौँ त मानवसमाजले यो पृथ्वीतलमा प्राप्त गरेको सर्वोन्नत शक्ति हो । लिपि र लेख्य भाषा प्राप्त नगरेको भए अन्य प्राणी र मानवमा कुनै भिन्न र बेग्लै अवस्था हुने थिएन ।

यस्तो दुर्लभ र अप्राप्य तत्व– भाषालाई नेपालका केही आत्मघाती दुष्ट–कुलङ्घार तलबी दलालहरूले अरूको रीसवतमा लोभिएर भाषामा भएका वर्ण र लिपिलाई नै समाप्त बनाउने जघन्य र अक्षम्य असंवैधानिक अपराध गरिाखेका छन् । हाल नेपालमा १२५ मूल जातजातिका मान्छेहरूको बसोबास रहेको छ । यी जातजातिहरूमध्येको भाषालाई अवलम्बन वा वहन गर्ने लिपि तीनवटा मात्रै रहेका छन् ।
क) राई–लिम्बूहरूको भाषा अवलम्बन गर्ने श्रीजङ्गा लिपि ।
खं) नेवारी भाषा वहन गर्ने रञ्जना लिपि ।
(ग) संस्कृत, नेपाली, हिन्दीलगायत एक सय पच्चीसै जातजातिका भाषा, साहित्य, कला, संस्कार, संस्कृति, रीत, परम्परा र सम्यता आत्मसात गर्ने मात्र देवनागरी लिपि बाँकी रहेको देखिन्छ ।देवनागरी लिपिलाई समाप्त बनाएपछि सम्पूर्ण नेपालीहरू लेख्य भाषाबाट पूर्णतः विचलित हुने तथ्य निश्चित छ ।

मौजुदा लिपि समाप्त भएपछि नेपालको लेख्य इतिहास, भूगोल, धर्म, संस्कार, संस्कृति, रीत, परम्परा एवम् अदालतबाट प्रतिपादित भएका सम्पूर्ण नजीर–सिद्धान्तहरूसमेतबाट सार्वभौमसत्ता सम्पन्न नेपालीहरूलाई वास्तविक काञ्जिहाउसका भेडा–च्याङ्ग्रामा परिणत गराउने विषाक्त योजनाअन्तर्गत नेपालमा बसोबास गर्ने १२५ जातजातिहरूमध्येमा बाँकी बचेको एक मात्र देवनागरी लिपिलाई आज चौतर्फी हमला गरिएको छ ।
(क) झर्रोवाद, (ख) सरल र प्रविधि मैत्री, (ग) ईम्बोष्ड नम्बर, (घ) युनिकोड, (ङ) मध्यमार्ग; यी पाँचवटा माध्यममा अलमल्याएर भित्री रूपमा क्रमशः वर्ण (अक्षर) र देवनागरी लिपिलाई समाप्त बनाउन आत्मघाती, दुष्ट र आन्तरिक दलालहरूलाई दर्विलो हतियार र मतियार बनाएर
नेपालको संस्कृत भाषालाई मृतभाषा घोषणा गरी संस्कृत भाषा लेखनपढन गर्नबाट वञ्चित बनाएपछि नेपाली भाषाका वर्णहरू (अक्षर) माथि हमला केन्द्रित गरिएको छ ।

यही विषाक्त मतियार र ईम्बोष्ड नम्बरको माध्यमबाट नेपालमा सञ्चालित सम्पूर्ण यातायातका साधनहरूमा प्रयोग भएका देवनागरी लिपिमा आधारित नम्बरप्लेटलाई समाप्त बनाउने योजना ल्याइएको छ ।यो भाषिक अन्याय र अत्याचारबाट सार्वभौमसत्ता सम्पन्न हामी सम्पूर्ण नेपालीहरू लेख्य भाषाबाट पूर्णतः वञ्चित बनाइने छौँ । नेपालको संविधान २०७२ को धारा ३२ (३) को प्रतिकूल हुने गरी ल्याइएको यो विषाक्त भाषाघाती अन्यायका विरुद्धमा सर्वोच्च अलालतमा रीट परेपश्चात् तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलाशले मिति २०७४ साल फागुन १० गते उक्त ईम्बोष्ड नम्बरप्लेट लागू नगर्नू-नगराउनू भन्ने अन्तरिम आदेश जारी भएको थियो । यही आदेशका कारण देवनागरी लिपिमा आधारित नम्बरप्लेटहरूले निरन्तरता पाएका थिए । दुर्भाग्य, नेपालको संविधान २०७२ को धारा ३२ (३) को प्रतिकूल हुने गरी मिति २०७६ मङ्सिर २७ गते शुक्रबार सर्वोच्च अदालतले प्रधानन्यायाधीश समेतको पाँच सदस्यीय संयुक्त इजलाशबाट भएको फैसलाले नेपालको भाषिक इतिहासमा निष्पट्ट अन्धकारपूर्ण ग्रहण लगायो । संविधान प्रदत्त भाषिक अधिकारको ठाडै अनादार र उल्लङ्घन गरेर आएको ईम्बोष्ड नम्बरप्लेट खारेजीको फैसलाले देवनागरी लिपिमा आधारित नम्बरको अस्तित्वमाथि आफ्नै न्यायालयले तगारो लगाउने असंवैधानिक मार्ग अवलम्बनले युगलाई पीडादायी प्रहार भएको आम महसुस भएको छ ।

मूलतः शील, युरोपीयन युनियन र नर्वेले नेपालको लेख्य भाषा र लिपिलाई समाप्त बनाउन ठूलो आर्थिक लगानी गरेको तथ्यगत वास्तविकता दिनको घामझै छर्लङ्ग भइसकेको छ । यो उनीहरूको स्वाभाविक धर्म र दायित्व होला । दुर्भाग्य, हाम्रा आत्मघाती दुष्ट तलबी दलालहरूले गरेको अक्षम्य र जघन्य असंवैधानिक भाषाघाती अपराधले हामी सार्वभौमसत्ता सम्पन्न सम्पूर्ण नेपालीहरूकोभाषिक अधिकारमाथिको अत्याचारलाई समयले कुनै पनि हालतमा स्वीकार गर्ने छैन ।

ढिलो होला, तर सत्यको जीत अवश्य भएरै छाड्नेछ । ‘अक्षरं परम् ब्रह्म ज्योतिरूपं सनातनम्’ यसै भनिएको छैन । देवनागरी लिपि र वर्ण (अक्षर) बचाउने महानतम अभियानमा सम्पूर्ण जिम्दा नेपालीहरू प्रतिबद्ध भएर आ–आफ्नो क्षेत्र र धरातलबाट दृढतापूर्वक जुटिरहनुभएको छ । परचक्रीहरूको क्षणिक रीसवतमा रत्तिएर आफ्नै वाणी (भाषा) को छातीमा निर्ममतापूर्वक विषाक्त छुरा हान्ने अपराधीहरूको चिहानलाई समेत समयले क्षमा र छुट दिने छैन ।
(क) आफ्ना महान् यशस्वी पूर्वजहरूको आत्मालाई तड्पाउने ।
(ख) वर्तमानमा जीवित रहेका सार्वभौमसत्ता सम्पन्न सम्पूर्ण नागरिकहरूको जिब्रो थुत्ने ।
(ग) जन्मन बाँकी भावी भविष्यमा आउने युगको भाषिक अधिकारलाई समाप्त बनाउने यी तीनवटा अक्षम्य र जघन्य अपराधीहरूको अपराधलाई समयले पानीमुनि सियोको टुप्पोले उधिनेरै भए पनि दण्डित गरेरै छाड्नेछ र यो धरती–आकाशमा चन्द्र–सूर्य रहिञ्जेलसम्म देवनागरी लिपि र चौसट्ठी (६४) वर्ण (अक्षर) मा आधारित भाषा बाँचिरहने निश्चित छ ।

संसारमा रहे÷भएका कुनै पनि भाषा, साहित्य, कला, संस्कार, संस्कृति, रीतिरिवाज, परम्परा, सभ्यता कसैका बैरी र विरोधी हेनौँ हामी नेपालीहरू । अरूको भाषामा भएका लिपि, वर्ण (अक्षर) को विनास गर्ने÷गराउने कुकर्म जघन्य अपराध र सार्वभौमसत्तामाथिको अतिक्रमणसमेत हो ।
‘वर्णविन्यास विवाद’को कपोकल्पित किर्ते जालसाजीपूर्ण हल्ला चलाएर नेपाली समाजमा व्यापक द्वन्द्वात्मक भाषिक विचलन ल्याउने दुष्प्रयासको यथार्थ अन्तर्य धमाधम प्रष्ट भइरहेको छ । मूलतः नेपाली भाषामा भएका अ, आ, इ, ई, उ, ऊ, ऋ, ऋृ, लृ, लृ, ए, ऐ, ओ, औ, अं, अः यी सोह्र (१६) वटा अक्षरहरूमा एक रौँ पनि विवाद छैन । स्वरवर्णका यी १६ वटै
वर्णहरूमा त्रितालको सूत्र सम्बद्ध रहेको प्रष्ट छ । यस्तै गरी व्यञ्जनर्णमा रहेको–
क ख ग घ ङ
च छ ज झ ञ
ट ठ ड ढ ण
त थ द ध न
प फ ब भ म
य र ल व श
ष स ह क्ष त्र ज्ञ समेतका छत्तीस (३६) वटा वर्णहरू पूर्णतः विवादरहित छन् । देवनागरी लिपिमा आधारित सामवेदको ध्वनीविज्ञानसँग तादात्म्य भएको देवनागरी लिपि र वर्ण (अक्षर) हरू त्रिकालजयी मात्र हैन सनातनसमेत छन् भन्ने तथ्यको यथार्थता ‘अक्षरं परमं ब्रह्म ज्योतिरूपं सनातनम्’बाट पूर्णतः पुष्टि÷प्रमाणित भइरहेको छ।

यी यावत् विज्ञानसम्मत वास्तविकता हुँदाहुँदै हाम्रै भाषामा भएको देवनागरी लिपि र वर्ण (अक्षर)माथिा किन हमला ? यसको
गम्भीरतापूर्वक अध्ययन, संश्लेषण–विश्लेषण गर्दा त्रिभुवन विश्वविद्यालयको नेपाली भाषा विभागमा कार्यरत प्रा.डा.हरू, पाठ्यपुस्तक विकास केन्द्र, नेपाल प्रज्ञाप्रतिष्ठान, मदन पुरस्कार गुठी र सर्वोच्च अदालतलाई समेत अध्ययन यर्दा सम्पूर्ण वास्तविकता दिनको घामझै छर्लङ्ग छ ।
नजानी नबुझीकन यी सबै बेइमानी र बदमासीहरू भएका हैनन् । श्रृष्टिकै सर्वाधिक समृद्धशाली संस्कृत भाषालाई यही भाषाका तथाकथित विद् र विद्वान् भनाउँदाहरूलाई पैसा र रैरकम प्रलोभनमा अल्झाएर संस्कृत भाषालाई ‘मृतभाषा’ (मभबम बिलनगबनभ) भनाएर÷भन्न लगाएर संस्कृत भाषाबाट नेपाली समाजलाई वञ्चित बनाइयो । जसकारणले गर्दा एउटा महानतम र श्रृष्टिकै सर्वाधिक समृद्धशाली भाषा सिक्ने, बुझ्ने, पढ्ने र पढाउने र वृद्धि–बढोत्तरी हुने मार्गबाट नेपाल र हामी आम नेपालीहरूलाई वञ्चित गराउने भूल मात्र हैन भाषिक अपराध नै भयो । लेख्य स्वरूप समाप्त बनाएपछि नेपाली जनजीवनबाट कथ्य स्वरूपसमेत संस्कृत भाषा नै दुर्लभ बनाइयो ।

यही सूत्र प्रयोग गरेर नेपालीहरूलाई सम्पूर्ण रूपले काञ्जिहाउसका भेडाच्याङ्ग्रा बनाउने विषाक्त उद्धेश्य र योजनाअनुरूप नेपाली अनुहारकै प्राज्ञ, प्रा.डा., विद् र विद्वान् भनाउँदाहरूलाई कुखुरा–बाख्रा किनेझै किनेर खरीद–बिक्री गरेर लामो समयदेखि नै गोप्य रूपमा विभिन्न बहाना बनाई त्यही सञ्जालमा हालेर देवनागरी लिपि र वर्ण (अक्षर) हरूलाई एकमुष्ट समाप्त बनाउने बेइमानी आज दिनको घामझै छर्लङ्ग भएको छ । लेख्य स्वरूप र संरचना समाप्त बनाएपछि मानवसमाजको स्वाभिमान र स्वामित्व एकमुष्ट समाप्त हुने निश्चित हुन्छ ।

यी यावत् वास्तविकताअनुरूप नेपाली भाषामा भएका बाउन्न (५२) वटा वर्ण (अक्षर) हरूमध्ये पहिलो झमटमा तेईस (२३) वटा समाप्त
बनाउने । त्यसपछि सिङ्गो नेपाली समाज २३ र २९ दुई ध्रुवमा विभाजित हुन्छ र यिनै दुई नेपाली समाजका बीचमा व्यापक भाषिक द्वन्द्व आरम्भ हुन्छ । जसलाई भाषामाफियाहरूले बाँदर शिकार नीति (ःयलपभथ एयष्अिथ) नामाकरणको अन्तर्य अवलम्बन गरेको दिनको घामझै प्रष्ट हुन्छ । यही विषाक्त भाषिक बेइमानी र कृत्रिम विचलनले गर्दा आज आम नेपाली विद्यार्थी एवम् अवोध बालबालिकाहरू शुल्क तिरेर आफ्नै भाषा गलत र अशुद्ध पढ्न बाध्य र विवश बनाइएका छन् ।

सत्य–तथ्य पत्ता लागिसकेकाले उप्रान्तलभाषामाथि भएको यो जघन्य र अक्षम्य अपराध नेपाली समाजमा रहिरहन सक्दैन। यसको न्ययायिक र यथार्थ छिनोफानो अनिवार्यतः भएरै छाड्नेछ । चिरकालपर्यन्त भाषाघाती अपराधीहरू निर्णायक बन्न सक्दैनन र समय निर्णायक बनेरै छाड्छ ।

आत्महत्या:वास्तविक जिन्दगी बाच्न नपाउनुको कारण हो

0

पुरन पोख्रेल

यदि तपाईंको मन नै शान्त छैन भने जतिसुकै रुप, पैसा, पद र प्रतिस्ठा नै किन नहोस तपाइँको वास्तविक मनले चाहेको जीवन बाच्न पाउनु भएन भने तपाइँ हजारौंको भिडमा आफैभित्र एक्लो बन्नुहुन्छ।आज प्रतिनिधिमुलक घटना भारतका चर्चित अभिनेता शुसान्त शिंहले आत्महत्या गरेका छ्न।उनले आफ्नो कला मार्फत आत्मबल बढाउने बारे ज्ञान दिएका थिय। उनी जस्तै पैसा र मान मर्यादाको जिन्दगी बाचेका थुप्रैले आत्महत्या गरेका घटना बेला बेला सार्बजनिक हुने गरेका छ्न।हामीले सबै पुगेर पनि किन आत्महत्या गरेका होलान भनेर विभिन्न प्रकारका धारणा ब्याक्त गर्ने गर्दछौं।सामान्यतया सबै मानिसका आफ्ना आफ्नै प्रकारका जटिलताहरु हुन्छन जुन ब्याक्ती अनुसार कसैकालागी जटिल र कसैका लागि सामान्य लाग्छ्न।मानिसका जटिलता हरु उसले चाहे अनुरुप ब्याक्त गर्न सक्ने अवस्था भएन भने उसकोजीवन भर त्यही विषय बोझ बनिरहेको हुन्छ र अन्तत उसले उन्मुक्तिको अन्तिम उपाय आत्महत्यानै ठान्दछ।त्यसका पछाडि ब्याक्ति आफै मात्रै नभै हाम्रो सामाजपनि जोडिएको हुन्छ।

दार्शनिक इमाइल दुर्खिमले उनको पुस्तक आत्महत्यामा भनेका छ्न “आत्महत्या सामाजिक अव्यवस्थितिको परिणाम हो वा सामाजिक एकीकरण वा सामाजिक एकताको कमी हो।” उनले भनेझैं प्रत्येक ब्याक्ति आफुले चाहेजस्तो समाजको खोजिमा हुन्छ।समाजको अर्थ बिचार,चेतान ,ब्याबहार विभिन्न विषयहरु जोडिएका हुन्छ्न।त्यसैले हामी हामिलाइ चित्त बुझेका बिचार संग छिट्टै नजिक हुने भावनाहरु साटने गरेका हुन्छौं।हामिले आफुलाइ ठिक लाग्ने बिचार र ब्याबहारहरु मात्रै सहि हुन भन्ने मान्यता राख्छौं तर सामाजिक नियम र संरचना हरुले ब्याक्तिका कैयौं बिचार र ब्याबहार हरुमाथी रोक लगाएको हुन्छ।मानिसले दैनिक जिबनमा उसका आफ्नै धारणाहरु निर्माण गर्छ ,आफ्नै प्रकारको स्वतन्त्रताको खोजी गर्छ ती विषयहरुलाइ समाजिक परिस्थितिसंग दाजेर सामान्यिकरण गर्छ।तर मानिसको मस्तिष्कमा मनोक्रान्ती हुन्छ जसकारण उसले आफैभित्र कैयौं युद्धहरु लडिरहेको हुन्छ।मनोक्रान्तीमा पराजयको अन्तिम परिणाम आत्महत्या बन्न पुग्छ।हामिले आत्महत्यालाई मनोबैज्ञानिक वा कमजोर दिमागको परिणाम मानेपनी त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध समाज र सामाजिक परिस्थिति संग जोडिएको हुन्छ।तपाई हामी पनि मनोक्रान्तिका बिचबाट हाम्रो जिन्दगी बाचिरहेका छौं।

समाजमा हामी प्रतिष्ठित मानिरहेका थुप्रै कलाकार ,राजनीतिकर्मी,पत्रकार प्रोफेसर ,शिक्षक,डाक्टर लगाए अन्य पेशाकर्मी हरुको जीवन हाम्रो आँखाले लोभलाग्दो र सबैपुर्ण देखिरहेका हुन्छौं तर उनीहरु आफै भित्र अभाबको जिन्दगी बाचिरहेका हुन्छ्न जसले उनीहरु भित्र जटिलता पैदा गरिरहेको हुन्छ। मानिसका विभिन्न चाहनाहरु हुन्छ्न तिनीहरुलाइ पुरागर्न सामाजिक परिस्थितिले रोकेको हुन्छ।जस्तैः कसैले प्रेमलाइ सबथोक ठानेको हुन्छ,कसैले पैसा,कसैले भौतिक सामाग्रीको उपयो र सुबिधा ,कसैले आफुले चाहेअनुरुपको बिचार निर्माण ,आफु अनुकूलको खानपिन र सम्बन्ध लगाएत थुप्रै चाहानाहरु बोकेको हुन्छ।तर हामिले ब्याक्तिको सामाजिक तह र स्तरअनुसार मापदण्ड निमार्ण गरेर बुझ्ने गरेका छौं।ठुला र पदिय भुमिका मर्यादा भएका ब्याक्तिले सामान्य ब्याबहार देखाउनु ,अन्तरजातीय प्रेम वा बर्ग नमिल्ने प्रेम,बर्ग जाती र धर्म अनुसारको घुलमिल खानपिन र सम्बन्ध ,ब्याक्तिको कुनै विषय प्रतिको एकोहोरो लगाबलाई हामिले नकारात्मक दृष्टिकोणले हेर्ने र सहजै इन्कार गरिदिने गर्छौं जसले ब्याक्तिको मनोबिज्ञानमा चोट पुग्छ र सामाज संगको दुरि बढदै जान्छ।जसकारण मानिसले एक्लोपनको महसुस गर्दै समाजसंग दुरि बढाउदै लैजान्छ।त्यसको परिणाम डिप्रेसन वा आत्महत्यामा परिणत हुन्छ।

हामिले बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्णकुरा प्रत्येक ब्याक्तिले कोहि न कोहि प्रती बिश्वास ,आदर र सुरक्षाको अनुभुती गरिरहेको हुन्छ।तपाईं हाम्रा पनि केही निकट ब्याक्तिहरु छ्न उनीहरुसंग हामिले आन्तरिक जिबनका विषयहरु ,दैनिक ब्याबहार र हाम्रा कमजोरीहरु सहजै खोलिरहेका हुन्छौं संगै सुझाव र निर्देशन मागिरहेका हुन्छौं।सिंगो समाजबाट होइन केही निश्चित समाजका पात्रहरुबाट हामिले आफुअनुकुलका अपेक्षाहरु पूरा हुने दृढ बिश्वास राखेका हुछौं।संगै पढेको साथी,शिक्षक,प्रेमी प्रेमिका,दाजुभाइ,दिदिबहिनी,आफन्त र छिमेकी लगाएत कुनै मध्यका एक वा दुइजाना मात्रै संग ब्याक्तिको आन्तरिक घनिष्ठता हुन्छ जहाँ जिबनको खुला किताब पल्टिएको हुन्छ ।त्यसरी कसैप्रती राखिएको गहिरो अपेक्षा र बिश्वासमा दरार पैदा हुन्छ जुन समाजको पर्दा पछाडि हुन्छ ।ब्याक्तिले आफुलाइ निरीह र जिबनदेखी हारमानेर एकल मनोबैज्ञानिक लडाइको यात्रा तय गर्छ त्यसैको परिणाम उसको खुसि वा समस्याको उन्मुक्ति आत्महत्यानै हो भन्ने निर्णयमा पुग्दछ।

अहिले लकडाउनको सन्दर्भमा धेरै मानिसहरु सामाजिक संरचना र परिस्थितिबाट गाझिएका छ्न उनीहरु आफ्ना प्रिय ब्याक्तिगत आदर्श पात्रहरू बाट टाढिएका छ्न ।सहजै एक अर्काप्रती आफ्ना समस्याहरुलाइ ब्याक्त गर्न पाइरहेका छैनन त्यसकारण धेरैले आफुले चाहेजस्तो जीवन बाचिरहेको अनुभुती गरिरहेका छैनन।समस्यासंग आफ्नै एकल प्रकारको मनोबैज्ञानिक लडाइ लडिरहेको मानबजाति आज आत्महत्याको शिकार भैरहेका छ्न।यसैले हामिले धेरै यस्ता घटनाहरू सुनिरहेका छौं । त्यसैले कसैले बारम्बार हामीसंग राखिरहने विषयबस्तुहरुलाइ सामाजिक नियम भन्दा बाहिर र आफु अनुकूल छैनन भन्ने अर्थमा सिधै इन्कार गर्नु वा बहिस्कार गर्नु हाम्रो गल्ती बन्न जान्छ वा जिबनमा पछुतो साबित हुनसक्छ। जिबनको अन्तिमनिर्णय सम्म पुग्दा पनि मानिसले कोहि न कोहि आफ्नो प्रिय पात्रसंग दु:ख,हार र निराशाजनक विषयहरु ब्याक्त गरिरहेका हुन्छ्न जसबाट ब्याक्ती मनोबैज्ञानिक हिसाबले समस्या संग जुधिरहेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ।

प्राकृतिक हिसाबले स्वतन्त्र ढंगले जिबनयापन गर्न खोज्नु मानिसको प्राकृतिक स्वभावलाई समाजले आफुअनुकल व्याख्या गरेको छ नियम बनाएको छ।मानिसको प्राकृतिक स्वभावलाई सामाजिकपरिस्थिति संग मेल खाने बनाउनु अथवा सामाजिक परिस्थिति हरुलाइ मनोबैज्ञानिक हिसाबले स्वीकार गर्नसक्ने आत्मबल हामिले पैदा गर्नुपर्दछ। तत्कालीन परिस्थितिमा एकले अर्काका भावना र बिचारहरुलाइ सहजै स्विकार्दै आबस्यक सल्लाह र सुझाब सहित निस्कर्ष निकाल्नु जरुरी छ। ब्याक्तीगत परिस्थिति हरुलाइ सामाजिक परिस्थिति अनुसार ढाल्दै मनोबैज्ञानिक हिसाबले एकले अर्कालाई स्विकार्दै (बिचार,ब्याबहार) जिबन जिउने कलालाई रचनात्मक बनाउनु नै आत्महत्या न्यूनीकरणको उत्तम उपाय हो।

प्रसङ्ग नेपाल नयाँ नक्सा

0

हामी नेपालीको प्यारो देश नेपालका सम्मानिय प्रधानमन्त्री के. पी.शर्मा अोली ज्यू दश अौला जोडि नमन गर्छु। आज नेपालको एक नागरिक भएको गौरव छ। हाम्रो सम्पत्ति लिपुलेख लिम्पियाधुरा साहि समेटिएको नयाँ नेपालको नक्सा सार्वजनिक गर्दा दिल खोलेर भन्न मन लायो धन्यवाद। सरकार तर नक्सा मात्र सार्वजनिक गर्दैमा भुगोलनै फिर्ता ल्याएको जस्तै मख्ख हुनै बेला पनि भएको छैन्। त्यो भुगोलमा नेपाली बस्ती बसाल्नु पर्छ। सरकारी कार्यालयहरू पनि स्थापना गर्नु पर्छ सम्मानिय प्रधानमन्त्री ज्यू। नेपाल नयाँ नक्सा सार्वजनिक गर्दा त नेपाली जनतामा कस्तो उत्साहित भएका छन् भुगोल पनि फिर्ता ल्यादा झन कति उत्साहित हुने छन् होला हजुर जनताहरू सम्मानिय प्रधानमन्त्री ज्यू प्रसङ्ग नेपाल नयाँ नक्सा संगै अर्को प्रसङ्ग पनि जोडिएको छ हिजो भारतले नाकाबन्दि सम्झिनोस त खाधान्न ग्यास डिजेल पेट्रोल लगाएको सामाग्रीलाइ कति कष्ट महंगो खेप्नुपरेको कुरा आज पनि ताजै छ। नेपाललाइ आत्मनिर्भर बनाउने की अहिले बिदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूको लागी नेपालमै रहनको लागी केहि सोचीदिहोस् न सम्मानिय प्रधानमन्त्री ज्यू मन लागेको कुरा पोखेको हुँ गलती भए माफी दिनुहुने छ भने पुर्ण बिस्वास छ। उहि हजुर नेपाली छोरा बिकाश काफ्ले

निजि क्षेत्रलाई कोरोना परिक्षण अनुमति दिनु सरकारको अर्को तान्डब नृत्य

0

निश्चल क्षेत्री

संसार भरि कोभिड-१९ ले एक अनौठो संकट सृजना गरिदिएको छ । सम्पन्न भनिएका देश र शहरहरु चिहान घर जस्तै बन्दैछ । अनेकौ प्रयासका बाबजुद कोरोना भाईरस नियन्त्रणमा आउन नसकेको तितो यथार्थ हामीसंग छ । नेपालमा कोरोनाको संक्रमण पछिल्ला केहि दिनहरुमा तिब्र गतिमा बढिरहेको छ । करिब दुई महिना लामो कष्टप्रद लकडाउनले संक्रमण फैलिन नदिन सापेक्षित भूमिका खेले पनि अत्यन्त सुस्त परिक्षणले कतै कोरोना भुष भित्र आगो सरि भित्र भित्रै सल्किरहेको त छैन ? यहि सन्दर्भमा सरकारको कामको गति न्युन हुदा क्षति को मुल्याँकन गर्नै पो नसकिने हो कि ? भन्ने संसयहरु यत्रतत्र हुनु स्वभाबिक हो ।

सरकारले पछिल्लो समय परिक्षणलाई तुलनात्मक रुपमा बढाएको भएता पनि त्यो प्रयाप्त छैन । आरडिटि परिक्षणको बिशसनियता बिर्सन लायक छ । त्यसै कारणले हुन सक्छ सरकारले २० प्रतिशत नाफा हुने गरि निजि क्षेत्रलाई आरडिटि परिक्षण अनुमति दिने कार्यबिधि ल्याएको छ । जुन अत्यन्तै गलत छ । रु पन्ध्र हजार तिरेर पिसिआर टेष्ट पनि गर्न दिने हल्लाहरु आएता पनि त्यसको आधिकारिकता अझै पुष्टी भैसकेको छैन । तर आरडिटि टेष्ट गर्न अनुमति दिने सरकारले ढिलोचाडो पिसिआरको टेष्ट अनुमति दिन सक्ने अनुमान गर्न गार्हो छैन । यहाँ नेर गम्भिर प्रश्न के उठछ भने निजि क्षेत्र कमाउन वा कुम्ल्याउन मात्रै हुन ? उनिहरुको सामाजिक दायित्व छैन ? महामारिको उपचारमा उनिहरुको भूमिका हुनु पर्दैन ? महामारि बिरुद्द लड्न उनिहरुले हिस्सा लिनु पर्दैन ? तर कमाउने ठाउहरुमा हिस्सा अनिबार्य यो कहाँ को नियम हो । ज्वरो आएका बिरामीलाई कुन चाही निजि हस्पिटलले गेटबाट फिर्ता पठाएनन ? मलाई जवाफ दिनुस । कोभिड-१९ को नेपाल प्रबेष पछि ति निजि स्वास्थ्य संस्थाहरु कहाँ गुप्तबासमा प्रबेश गरेका थिए ? सामान्य भन्दा सामान्य रोगका बिरामीलाई अस्पतालको दर्शन गर्न मनाहि गरियो, अनि आज आएर २० प्रतिशत नाफा राखेर टेष्ट गर्न दिने ? सरकारको मानसिक स्थिति त ठिक छ ? सरकारको स्वामित्वमा ७७ वटै जिल्ला हस्पिटलहरु छैनन ? प्रादेशिक हस्पिटलहरु छैनन ? कोरोना बिशेष हस्पिटलहरु छैनन ? ति सबै हस्पिटललाई युद्द स्तरमा परिचालन गर्ने हिम्मत जुटाउ । जति सक्दो धेरै परिक्षण गर्न सकिन्छ त्यति छिटो महामारिको पुर्बानुमान गर्न सकिन्छ । बिरामी बढे भनेर हतासिनु भन्दा सबै बिरामीको ब्यब्स्थापनको लागि सबै निजि अस्पतालहरुलाई आइसोलन बेड तयार गर्न सरकारले निर्देशन दिनु पर्छ । अहिले ४ सय बिरामि हुदा त बेडको अभाव स्रुजना भैसकेको छ भने भोलिका दिनहरुमा बिरामि थपिदै जादा अबश्य पनि सबै बिरामीले उपचार पाउने बिषय पेचिलो बन्ने छ । बिश्व भरिका सबै देश जहा महामारि फैलिएको छ त्यहाँ जुन बिरामिको बाच्ने सम्भावना बढि छ तिनै बिरामीलाई मात्रै उपचार भैरहेको छ । महामारि नै फैलियो भने नेपालमा पनि त्यहि गर्नु पर्नेछ । हामी आश गरौ त्यस्तो खराब अबस्था नआओस । त्यसको लागि सरकारले आफ्नै संरचनाको उच्च्तम उपयोग गरेर मात्रै जस्तो सुकै परिस्थिति को पनि सामना गर्ने सक्ने मानसिकता सहित तयार रहनु पर्छ । नागरिकको स्वास्थ्य राज्यको दायित्व हो, निजि क्षेत्रलाई यदि सहभागि नै गराउने हो भने सरकारको मातहतमा सहयोगिको भूमिकामात्रै सिमित गर्नु पर्छ । यदि त्यसो गरिएन भने निजि क्षेत्रले आम नागरिकको स्वास्थ्य आफ्नो नाफा घाटा के हुन्छ ? त्यसको आधारमा ध्वस्त पार्नेछन । निजि क्षेत्रलाई टेष्टको जिम्मा दिएको एक हप्ता मै सरकारि स्वास्थ्य संस्थाहरुमा परिक्षण किटको अभाब हुनेछ, पिसिआर परिक्षण मेसिनहरु बिग्रीने निश्चित छ । जस्ले धेरै पैसा तिर्‍यो उसैको छिटो परिक्षण हुनेछ । थोरै तिर्न सक्नेहरुले समय घर्कि सके पछि परिक्षण हुनेछ भने पैसा नहुने आम गरिखाने किसान, मजदुरहरुको परिक्षण अन्तिमममा हुनेछ जस्को नतिजा सुन्न उनिहरु स्वयम जिवित हुने छैनन । त्यसैले सरकार तीन करोड नेपालीको आग्रह छ, जनस्वास्थ्य जस्तो सम्बेदन्शिल बिषयमा नाफानोक्सान वा कमिशनको तान्डब नृत्य अब बन्द गरियोस ।

लकडाउनकाे ५६ औँ दिन : सरकार मस्त, जनता घरमा भाेकै आक्रान्त

0
  • सुदिप पाैडेल

आज हामी लकडाउनको ५६ औँ दिनमा छौँ । यस ५६ औँ दिन सम्म आइपुग्दा देशमा काभिड १९ संक्रमितको सँख्या २९६ पुगेको छ र यसबाट मृत्युहुनेको सँख्या २ जना पुगेको छ । यस ५६ आँ दिन सम्म आइपुग्दा तिनै तहका (संघ, प्रदेश र स्थानिय) सरकार माहामारीको आवश्यक तयारी नगरी नचाइने झमेलामा अल्झीएको हामीले छरपस्ट देखी रहेका छौँ ।

लकडाउनको सुरु भए सँगै यता संघिय सरकारले चिनबाट सामान आयात गर्ने ठेक्काको कमिसनको चक्करमा अल्झियो । उता प्रदेश सरकारले हजारौँ नेपालीहरु सिमामा अलपत्र हुँदा पनि उनीहरुलाइ स्वदेशको क्वारेन्टाइनमा राखेर आवश्यक परिक्षण गर्दै घर पठाउने कार्य गर्नुको सट्टा उल्टै गरिब मजदुरी गर्ने नेपालीलाइ सिमा पारी नै भोकै अलपत्र बनाइ संक्रमणको जोखीमको अवस्था सिर्जना गर्यो भने यता स्थानिय सरकार र स्थानिय जनप्रतिनिधिहरु यस कठिन समयमा पनि आफनो स्वार्थ पुरा गर्ने र अनावश्यक ढोङ्क पिट्नमै व्यस्ता रह्रयो । क्वारेन्टाइनको नाममा बाख्राको खोर जस्ता क्वारेन्टाइन बनाउने , राहतका नाममा आफनो चुनावी रणनिती बनाएर बिभेधपुर्ण तरिकाले राहत वितरण गर्ने कार्यमा नै स्थानिय सरकार व्यस्त रह्यो । यिनै सरकारको रमिता हेर्दै आम जनता हरेक दिन आफनो दिनचर्या सहज हुने आशा सहित घरमै थुनिएर प्रतिक्षा गरिरहे । यो सरकारको नाटक र रमिता हेर्दै सोझा गरिब जनता देनिक ज्यालादारी गर्ने मजदुरहरु आफनो पुरानो दिनचर्यामा फर्किने आशा सहित खाली÷आधा पेट अन्नमा निरन्तर आशाको प्रतिक्षारत रहे ।
यहि लकडाउनको समयमा सरकार घृणीत राजनितीको खेलमा उत्रियो । आफनो सत्ता जोगाउन अन्य पार्टि फुटाउने षड्यन्त्रको नाटक राम्रो सँग मन्चन गर्यो । यस्तो भयावह अवस्थामा पनि सरकारलाइ न त आफनो नागरिको चिन्ता रह्रयो न त माहामारी को नै । जनतालाई घरमा थुनी विशिष्टहरुलाइ पास दिइ दिइ ओहरदोहर गर्न अनुमती दिने जस्ता कार्य गर्यो र यसरी नै माहामारीलाइ जितिन्छ भनेर ढुक्क सहित बस्यो ।


अवस्था सहज हुँदा पनि यसरी तयारीमा चुक्यो सरकार :


यसरी सारंसमा हेर्दा लकडाउनको सुरुवाती दिन देखीनै नेपालमा माहामारी संक्रमणको अवस्था अत्यन्त न्युन थियो । अन्तराष्ट्रिय हवाइ र सिमा बन्दले नेपाललाइ तयारी गर्ने ठुलो अवसर पनि दिएको थियो । सुरुवाति समयमा सरकार मुख्य तय दुइ विषयमा बढि सजक र जिम्मेवार रहनु पर्ने थियो । पहिलो मेडिकल तयारीलाइ तिव्र बनाइ परिक्षणलाइ सम्भावित जोखीम क्षेत्रमा तिव्र परिक्षण गर्ने र दोस्रो देशबाहिर अलपत्र परेका आफना नागरिकलाइ सुरक्षित आफनो घर सम्म पुर्याउने । यी दुइ तयारी केन्द्र सरकारले तिब्र तहवरले गर्न सकेको भए स्थानिय सरकारले अन्तर जिल्ला आवागमन ठप्प गरि स्थानिय रुपमा आर्थिक गतिविधि सन्चालन गर्न सक्ने थियो । तर बिडम्बना, कार्यहरु यसको ठिक विपरित रह्रयो । सुरुवाति दिन देखीनै रोगको परिक्षणनै सुस्त हुन थाल्यो र आजको दिन सम्म आइपुग्दा देशभर मुस्किलले दैनिक २ हजार मात्र परिक्षण हुने गरेको छ । यहिले संक्रमण दर हेर्दा यो अति नै न्युन सँख्यामा परिक्षण हो ।
यो ५६ दिनमा ५६ हजार बाहिर अलपत्र नेपालीलाई सुरक्षित घर फर्काउने सम्भावना रहन्थ्यो, ५६ स्थानबाट परिक्षण सुरु गर्न सकिने सम्भावना रहन्थ्यो यदि सरकारले सुरु देखी नै एक्सनमा आइ काम गरेको भए । तर अवस्था उल्टो रह्रयो सरकार आफना नागरिक प्रति अलिकति पनि जिम्मेवार रहेन । विदेशमा रोजगार विहिन नेपालीलाइ भोकै बस्न बाध्य बनायो , सिमा क्षेत्रमा अलपत्र नेपालीलाइ झन् जोखीम पुर्ण अवस्थामा अलपत्र छोड्यो । जसको नतिजा ति अलपत्र नागरिक जोखिमपुर्ण तरिकाले अवैध नाकाबाट प्रवेश गरे र अन्जानबस स्थानिय स्तरमा संक्रमण फैलाउन पुगे ।
यसरी हेर्दा देशमा जुन तरिकाले संक्रमण भएको छ त्यसको मुख्य दोषी नै सरकार र यसको फितलो मेडिकल तयारी नै रहेको छ । अझै मेडिकल तयारी र तिब्र परिक्षण नर्गने हो भने जनताको मृत्यु तिन तरिकाले निश्चित छ पहिले कारोना संक्रमण , दोस्रो भोकमरि र तेस्रो मानसिक तनाव ।

अब के गर्ने ?
अझै पनि संक्रमणलाइ नियत्रणमा लिइ जनजिवन सामान्य बनाउन सकिने सम्भावना छ । यसका लागी अबको १५ दिन कडा लकडाउन पालना गरि परिक्षणलाइ नै तिव्रता दिनु पर्ने हुन्छ । सरकारले रातदिन लागेर परिक्षण उपकरणहरु बिभिन्न देशबाट आयात गरि थप नयाँ ठाँउमा परिक्षण सुरु गर्ने र परिक्षण भइरहेको स्थानहरुबाट पनि परिक्षणलाइ तिब्र बनाउनु बाहेको बिकल्प छैन । अबको १५ दिनमा अहिले संक्रमितको कन्ट्र्याक टेसिङ्कलाइ प्राथमिकतामा राखी तिब्र परिक्षण गर्ने हो भने देशको संक्रमणको बास्तविक तथ्याङ्क थाहा हुने छ र सो तथ्याङ्कको आधारमा जोखीम क्षेत्रको पहिचान गरि आर्थिक गतिविधिलाइ निरन्तर सहज बनाउँदै लान सकिने छ । यसका साथै विदेशमा अलपत्र नेपालीलाई दैनिक सिमित सँख्यामा स्वदेश भित्राएर क्वारेन्टाइनमा राखी परिक्षण गर्दै आफनो आफनो घर सम्म पुयाउन सकिने छ ।

तर्सथ यसरी यो माहामारी दोस्रो बिश्व युद्द भन्दा डरलाग्दो अवस्थामा यस विश्लाई आक्रान्त पारेको छ । यसको विरुद्द लड्ने एक मात्र उपाए भनेकै मेडिकल हतियारलाई मजबुद बनाउने नै हो । त्यसैले सरकारले अब यस तर्फ ध्यान दिनुनै पर्ने हुन्छ र अहिले सम्मको सुस्त तयारीलाइ दुइ÷चौगुना गरि कार्य गरेमा जनतालाइ सुरक्षित बनाइ देशको आर्थिक आवस्था पनि सामान्य बनाउँदै लैजान सकिने छ ।

बाख्रा थुन्ने क्वारेन्टाइन नामका खोरहरु मुर्दाबात!

0
  • पुरन पाेखरेल

कोरोना ( COVID -19 )को महामारी विरुद्ध सारा मानव जाती लडिरहेको छ।कोरोना भाइरसको संक्रमण बाट हाम्रो मुलुक र नेपाली नागरिक हरुपनी अछुतो रहन सकेन।अहिले सम्म २९२ जनामा संक्रमण ३६ जना निको र २ जनाको मृत्यु भएको पुष्टि भएको छ।आज लकडाउनको ५५ औं दिन हामी अनिश्चितताको बिचबाट एकान्तबासमा गुजारी रहेका छौं ।बाकी लकडाउन थपिदै जानेछ अवस्यक सुरक्षा अपनाउदै एकले अर्काको सहयोग गर्दै सामाजिक दुरि कायम गर्दै जिबनरक्षा गर्नु हाम्रो कर्तव्य बनेको छ।यो हाम्रो बाध्यता र अवस्यकता दुबै हो।आशा छ हाम्रो अथक प्रयास बाट हामिले कोरोना भाइरस विरुद्धको लडाइ सहजै जित्नेछौं यो लडाइको मैदानमा अग्र मोर्चामा खटिनुहुने डाक्टर सहित सम्पुर्ण स्वास्थय कर्मी ,सुरक्षा कर्मी ,पत्रकार लगाएत सम्बन्धित सबैलाई हार्दिक धन्यवाद । हाम्रा बिचमा केही परिस्थिति हरु देखिदै आएका छ्न तुलनात्मक हिसाबले नेपालले प्रयाप्त समय पाउँदा पाउदै पनि सत्ताको लाचार प्रवृत्तिको कारणले अवस्यक तयारी पूरा भएनन खाली ओम्नि संगको घोटाला काण्ड,अध्यादेश,सत्तासिन हरुको आन्तरिक भिडन्त ,नेपाल बाहिर रहेका नागरिक हरुमाथी राज्यको लाहाचारीपन ,मजदुर हरुलाइ सयौं किमि हिडाएर शोषण , राहतको नाममा राजनीति ,सिमानामाथी अतिक्रमणको पीडा( भारतले ),सहिदको रगले रक्तरन्जित रातो कार्पेटको अपमान हुँदै अब रास्ट्रघाती MCC सम्म आइपुगेका छौँ ।उल्लेखित घटनाहरु नेपालमा कोरोना संक्रमण भैरहदा सत्तासीन शासक हरुले देखाएका ताण्डब नृत्य हुन। खाली शक्तिशाली मुलुकमा त कोरोनाले छोडेन हामिले रोक्यौं भन्दै जनतामाथी शोषण गरिरहे र त्यसैको निरन्तरता बाहेक केही संकेत हरु देखिएका छैनन। बुटवल धागो कारखानामा ३४ बर्षका पुरुषको क्वारेन्टाइनमा मृत्यु भयो मृत्यु पश्चचात स्वाब परिक्षणका लागि शुक्रराज ट्रफिकलमा पठाइयो।रिपोर्ट नेगेटिभ आयो तर केही दिन शब उठेन। हिजो मात्रै पहिलो कोरोना संक्रमीत सिन्धुपाल्चोककि २९ बर्षकि महिलाको ज्यान गयो जसको शब उठाउन कुनै तयारी थियन यसबाट राज्य कति निरीह छ भन्ने प्रष्ट हुन्छ।हिजोको घटनामा जोखिम मोल्न तयार हुने सामाजिक अभियान्ता हरुलाइ सलाम।आज बाकेमा एकजना युबकको क्वारेन्टाइनमै रहदा पिपिइ र एम्बुलेन्सको अभावमा अस्पताल जान नपाइ मृत्यु भयो। विडम्बना सुरुमा गाउँ गाउँमा बिस्तारा बोकेर स्कुल स्कुल जनप्रतिनिधिहरु फोटो खिचेर हिडे,पिपिइ भनेको मलाइ थाहा भएन भन्दै मन्त्री ढकालले अभिव्यक्ति दिए।केही पिपिइ गाउँ र नगरका जनप्रतिनिधि हरुले लगाउदै फोटो सेसन गरे। क्वारेन्टाइन निर्माण गरिएको भन्दै हल्लाखोर गरे बिना आधार जो भेटायो जसको पहुँच छैन उसैलाइ डाटा पेश गर्न क्वारेन्टाइनमा हालियो र सरकारको बजेट रित्याउन विभिन्न नाटक गरियो।क्वारेन्टाइनका पुर्बाधार के हुन भन्ने वास्ता नगरी त्यहा खानपान ,स्वास्थय सामाग्री,सामाजिक दुरि लगाएतका पुर्बाधार बिना मान्छेलाइ संकाको भरमा कोच्ने परिक्षण बिना कोरोना संक्रमितको कहलाएर तुत्छ ब्याबहार गर्ने काम भैरहेको छ।बर्तमान अबस्थामा आइपुग्दा अहिले पनि कहि खोरहरुमा राख्ने मान्छे भेटिएका छैनन कतै राख्ने ठाउँ पुगेको छैन। मास्क,स्यानिटाइजरको कालोबजारी मौलायो अहिले पनि प्रयाप्त उपलब्धता र उत्पादनमा ध्यान दिइएन।अहिले साधारण जनताको हालत त छोडौं स्वास्थयकर्मी र सुरक्षाकर्मीको हालत हेरौं जो अग्र मोर्चामा ज्यानको बाजि राखेर लडिरहेका छ्न उनीहरु समेत उपकरण बिहिन छ्न।काठमाडौं बसेर सत्ता हाकिरहेका महासय हरुका त कुरै छोडौं माननीय संसद हरुले ५/५ पिसका दरले कार्यकर्ता भएको ठाउमा मास्क ,पिपिइ, थर्मल गन बाढेर समाचार लेखाउनु सिबाय केही गरिरहेका छैनन।इनिहरुले सिक्नु जरुरी छ यो झाडापखाला ,औलो जस्तो महामारी होइन जुन गरिबी, अशिक्षा भएको ठाउँमा मात्रै पुग्छ यो खेलचारीले सिंहदरबार,बालुवाटार,लैनचौर र बालकोट पनि कोरोना पुग्नेछ हेक्का रहोस। खाली स्थानीय तहका जनप्रतिनिधिहरुको जिम्मामा सबै काम छोडेर गरिब ,किसान र मजदुरम र बिदेशी स्थित नेपाली हरुले श्रम र पसिना बेचेर बचाएको माननिय हरुले बिर्सनुभएको छ। के जनताले स्थानीय जनप्रतिनिधि हरुलाइ मात्रै भोट हालेका हुन ? प्रदेश जस्ता सेता हात्तिसार किन खडा गरिएको जनताको माथिको शोषण लाई झन चर्काउनु हो?खाली उनीहरुलाई बाख्राको खोरमा थुन्नु मात्रै एकमात्र उपाए ठानिएको छ।यसको हिसाब किताब जनताले समय आएपछि अबस्य गर्नेछन। आइसोलेशन कक्ष भिआइपी लाई र जनतालाई क्वारेन्टाइन नामका खोर कदापि स्वीकार्य छैन।कोहि पनि नागरिकले परिक्षण बिना मर्न नपरोस,क्वारेन्टाइनमै बसेको कारण ज्यान जाने स्थिति नबनोस ,क्वारेन्टाइन हरु भाइरस सार्ने माध्यम बन्नेछैनन,मृत्यु पछि परिक्षण गर्ने प्रचलन अन्त्य होस र दिनरात खटिने स्वास्थकर्मीहरु र सुरक्षाकर्मीहरुको सुरक्षा र अवस्यक उपकरणको प्रबन्ध हुनेछ।अन्याथा मान्छे मार्न र राज्यको ढुकुटी रित्याउन खडा गरिएका क्वारेन्टाइन नामका मान्छे थुन्ने बाख्राका खोरहरु तुरुन्तै खारेज गरियोस्।जनतालाई महामारी बाट बाच्न आत्मबल र सुरक्षाको प्रत्याभुती होस अन्याथा जनता कोरोना विरुद्ध भन्दा पहिला सरकार विरुद्ध उत्रने छ्न। पुरन पोख्रेल केन्द्रिय सदस्य अखिल ( छैठौं )

यो सरकार राष्ट्रबादी कि ढोङ्बादी?

0

सुमन पौडेल

२०७२ बैशाख १२।शायदै नेपालीले बिर्सन सक्लन त्यो कम्पनको दिन जसले नेपाली जमिनलाई तरङित गरायो।कयौ नेपालीले ज्यान गुमाउनु पर्यो।त्यसले नेपाललाई एउटा नमिठो छाप छोड्यो।तर त्यसबाट उठ्न त थियो।आजको दिन सम्म कती सफल भयौ त्यस्को अवस्था छर्लङ छ।भुकम्प पछी केही भए पनि नेपालीका लागि आसालाग्दो दिन आयो।

नेपाली राजनीति बृत्तले नेपालीलाई बिगत कयौ बर्षमा दिन नसकेको संबिधान भुकम्पको केही महिना मै दिन सफल रह्यो।गणतन्त्र पछी नेपाली राजनीतिको सबै भन्दा ठुलो उपलब्धी यही थियो।नेपालले जारी गरेको संबिधानमा असहमती जनाउदै भारतले नाकाबन्दी लगायो।त्यो बेला नेपालका प्रधानमन्त्री हालका प्रधानमन्त्री के पि ओली नै थिए।त्यो बेला सरकारले जनतालाई सँगै भएको आश्वसत दिलाउने प्रयत्न गरेको थियो।धेरै जसो ब्यापारिक सम्झौता दक्षिणी छिमेकी सँग हुँदै आएकोमा त्यो बेला उत्तरी छिमेकी चिन सँग पनि केही सम्झौता भएका थिए।त्यसले नेपाली जनतालाई केही समय पछी सरकार ढले पनि के पि ओली को प्रभाव छाड्न सफल भएको थियो।

त्यस पछी संबिधान कार्यन्वयन अन्तर्गत बिभिन्न तहका चुनाव भए।त्यती मात्र होइन ठुला भनिने दुई राजनीतिक दल माओवादी र एमालेको एकिकरण पनि सम्भव भयो।यती घटनाक्रममा नेपाली जनताले केही भए पनि आसाका किरण देख्न थालेका थिए।त्यही आसमा टेकेर नेकपालाई स्थाइत्तोका लागि बहुमत पनी जुटाइदिए।त्यसले नेपाली जनतामा नाकाबन्दी ताका राम्रो छबी बनाएका केपी ओलीलाई पुन प्रधानमन्त्रीको कुर्चीमा ल्याइदियो।नेपाली उखान के खोज्छस कानो आखो नेपाली जनतालाई चरितार्थ हुँदै थियो।
आज केपी ओली नेत्रीत्वको सरकार बनेको २ बर्ष भन्दा बढी भईसक्यो।तर नेपाली जनताले आज सम्म आउँदाको आस सबै पानीमा डुबे सरह भएको छ।

बिभिन्न बिसम परिस्थितीको सामना गरिरहे पनि सरकार,सत्तासिन पार्टी र प्रतिपक्ष आफ्नै रोइलोमा ब्यस्त छन।पद र सत्ताको लोभमा किचलो निम्त्याउने एक समुह सकृय छ भने अर्को तर्फ सत्ताको उन्मादमा रहेका ब्यक्तीको पनि चरित्र खासै सफा देख्न सकिएको छैन।प्रतिपक्ष भएको र नभएको पत्तो छैन।

देशले स्थाइ सरकार बावजुद उल्लेखनिय उपलब्धी नै हासिल गर्न सकेको छैन।झन त्यो भन्दा धेरै किचलो बाट उही पुरानै प्रब्रित्ती पछाइरहेको छ।आज देशमा बिभिन्न बिसम परिस्थिती आएको छ।
कोरोना भाईरसले विश्वलाई गाजिरहेको बेला त्यस बाट नेपाल पनि अछुतो रहेन।यस्को सन्क्रमण आज पनि दिननुदिन बड्दो छ।नेपाल आज लकडाउनको ४८ औ दिनमा छ।तर आज नेपाल सरकार सँग कुनै ठोस एक्सन प्लान नभएको कुरा प्रश्ट हुँदै गएको छ।सरकार आन्तरिक किचलो र रोमलो मै ब्यस्त छ।आजका दिन सम्म आइपुग्दा भ्रस्टाचारको भारी पनि यो सरकारले धेरै पटक खेपीसकेको छ।स्पस्ट नितीको अवलम्बन नहुँदा एकातिर आर्थिक भार थपिएको छ भने अर्का तिर एकिन सन्क्रमितको समेत पहिचान हुन सकेको छैन।यही क्रममा पनि बिभिन्न बिबादस्पद कुराले सरकार प्रतीको विश्वास जनतामा कम हुँदै गैरहेको छ।
यही सन्दर्भ चलिरह्दा भारतले नेपाली भुमी प्रयोग गरेको चाइनाको मान्सरोबर जाने बाटोको उद्घाटन गर्यो।त्यो पनि नेपाललाई पत्तो नै छैन।यद्देपी यो नयाँ बिषय भने होइन।६ महिना पहिला भारतले नेपालको सोही भुमी(लिपुलेख,लिम्पियाधुरा) सम्मिलित नक्सा सर्वजनिक गरेको थियो।त्यसको देश भित्र चर्को बिरोध भयो।सबै राजनीतिक दलले साझा धारणा बनाए।सरकारले कुटनितिक नोट पनि पठायो तर जवाफ आएन।१ महिनामा केही माहोल तातेर त्यती गर्न बध्य सरकार बाकी ५ महिना भने वास्तानै गरेन।

यि बिभिन्न घटनाक्रमको बिकासले हिजो बिहान जनतामा राष्ट्रबादीको छबी बनाएका केपी ओली ढोङी परीणत हुँदै छन।रास्ट्र र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने सरकारको दाइत्व हो।तर अहिले सरकार बिभिन्न बहानाबाजी मै अड्केको छ।दुइ थान प्रेश बिज्ञप्ती थमाएर आफ्नो कर्तब्य पुरा गर्न खोज्दै छ।यस बिषयमा छिट्टै समाधान नखोजिए राष्ट्रिय स्वाधिनतानै गुम्ने खतरा बढेको छ।


रोमलोमा अल्झिएको देश
बिभिन्न बिसम परिस्थितीको सामना गरिरहे पनि सरकार,सत्तासिन पार्टी र प्रतिपक्ष आफ्नै रोइलोमा ब्यस्त छन।पद र सत्ताको लोभमा किचलो निम्त्याउने एक समुह सकृय छ भने अर्को तर्फ सत्ताको उन्मादमा रहेका ब्यक्तीको पनि चरित्र खासै सफा देख्न सकिएको छैन।प्रतिपक्ष भएको र नभएको पत्तो छैन।यी सबै किचलोका बिचमा देश बन्धक बनिरहेको छ।जनता दबेका छन।बिडम्बना अझै पनि केन्द्रमा पर्न सकेका छैनन।उही चिल्ला गफ र आरोप प्रत्यारोपमा अल्झिरहेको छ देश।एक रत्ती पनि देशका प्रती इमान्दारिता अहिलेका साशक बर्गमा चेत छैन।अझ भनुम आज सम्मका कुनै सासक बर्गमा त्यो चेत आएन।बरु देशलाई सधैं अनिर्णयको बन्दी बनाएका शासक बर्गले लाज पचाउने क्षमता पनि बृदि गरिसके।अब पनि यो सैलीमा परिवर्तन आएन भने देश ठुलो दुर्घटना तिर जाने पक्का छ।

रोशनि तिमी कहिलै नअस्ताउनु ल

0

पुरन पोख्रेल

दिनहरू अनौठो संग बितिरहेका थिए।साएद उसका मात्रै होइन सारा मानव जातिले यो कष्टका बिचबाट नयाँ अनुभव सहितको जीवन गुजारिरहेको छ्न।बाहिर भित्र फेसबुक रेडियो पत्रीका जतासुकै कोरोना,कोरोना….यस्तै मात्रै सुन्न पाइन्थ्यो।हिडने डुल्ने त परै जाओस् अब त निद्रा र आफ्नै बिस्तारा देखि रिस उठने खालको बन्धक बसाइ।यो अपहरणकारीले गराएको बन्धक थिएन एकदुई जना मात्रै परेको बन्धक थिएन यो त आखाले नदेखिने भाइरसले गराएको बन्धक थियो।उ सोच्दै थियो कस्तो अचम्म के के दु:ख दिदैछ यो भाइरले अर्काेतिर सोच्दैथियो आकाश कति सफा छ।वाताबरण हराभरा चराहरुको चिरविर आबाज आहा!कति सुन्दर कति रमणीय।सायद यदि सुन्दर प्रकृति सायदै पहिलोपटक!

उता रोग शोक भोकका खबर हरु थिय।दिनहुँजसो यति मरे उति मरे यति समातिए लाग्थ्यो तेस्रो बिश्वयुद्ध चलिरहेको छ।आफन्त बिदेशहुनेहरूले खबर बुझिरहेका हुन्थे आफ्ना प्रियजन हरुको चिन्ता र उनीहरुसंगको अघोषित बिछोडले पिरोलिइरहेका थिय।यता गरिबीले थिचेकाहरु झन महामारीले च्यापिएका थिय ।हुनेखानेहरु अनेकन डर बाट त्रसित हुँदै बाच्नका लागि अनेक सुत्र खोजिरहेका थिय ।कता कता लुट ,भ्रष्टाचार,मुल्यबृद्दी र कालोबजारीका गन्धहरु पनि आइरहेका थिय धत!यस्तो बेलामा पनि कस्तो नमिठो बास्ना आएको!

हानभरको झरी पछि दिउँसो न्यानो घाम संगै खुलेको निलो आकाश ,हरियाली बाताबरण बस्ती। साझपख उसका आँखा डाडापारी डुब्न लागेको घाममा पुग्छ।घामका किरणहरु अर्थात रोशनी हरु उस्तै सुन्दर!हेर्दा हेर्दै उसले सम्झन्छ उसकी रोशनीलाई जसलाइ उसले धेरै पहिला देखेको थियो।तर उसका मनसपटलमा उसको उसको प्रतिबिम्बित जस्ताको तस्तै छापिएको छ।उसले त्यो अनुहार मोबाइलमा जुम गरेर फोटो हेरेजसरी मस्तिष्कमा जुम गर्छ।लाग्छ उ तेहि ओरिपरी छ! हेरिरहेको छ!फेरि झस्किदै मोबाइल हेर्छ फेसबुक खोल्छ।ए!म त आजभोलि यहाँ बाहेक कहि भेटदिन उनलाइ यहाँ बाहेक कहि बोल्न पाउदिन उनिसंग फेरि सम्झिन्छ साच्चै बोलेकै छैन है उ संग!किन नबोलाकी होला?फेरि उत्तर दिन्छ साच्चै बोलाउनलाइ पो म को होर उसको है! एतिकैमा उसका आँखा फेरि त्यही डुब्नै लागेको घामको रोशनी तिर पुग्छ्न अहो!घाम त डुबिसकेछ ती सुन्दर रोशनी हरु हराइसकेछन। फेरि अर्को बिहानी संगै आउने घामका रोशनी हरु पर्खदै भन्छ रोशनी तिमि कहिले पनि नडुब्नु ,नअस्ताउनु ल!निरन्तर………

(लेखक : अङ्ग्रेजी साहित्यका विद्यार्थी हुन)

बीरेको गाउँ

0

होमनाथ शर्मा काफ्ले

ठिमुरे गाउँको बस्ती हो बीरेको । छोटकरी नाम वीरे भए पनि पुरा नाम बीर बहादुर सुनारी थियो। दु:ख जिलो गरेर चार महिनालाई पुग्ने उसको घरबारी थियोे। अरू सबै आठ महिना अर्काकै काम गरेर कमाउनु पर्थ्यो । जहानमा आफू, आफ्नी बूढी आमा, श्रीमती सुन्तली, दुइ भाइ छोरा र एउटी छोरी थिए। बीरे आज बिहानै ४ बजे उठेको थियो। बिहानको नित्य क्रिया सकेर टुक्रुस्स पिंढीमा बस्यो। हिजो आमा र केटाकेटीलाई केही खुवाएर सुताए पनि खाने खर्च नपुग्दा श्रीमान् श्रीमती भोकै थिए । कताबाट खर्च जुटाउने होला ? बीरे घोप्टो मन्टो लगाएर चिन्ता गर्दै थियो । त्यसै वेला उसकी श्रीमती सुन्तली पनि उठी र आफ्नो श्रीमानलाई चिन्तित भएको देखेर भनी – “किन चिन्ता गर्दै टोलाइरहनुभएको छ ? त्यही बरबोटे साहु कहाँ जानुस् न ।पाँच पाथी मकै दिनुस् न हजुर ! जहान भोकै मर्न आँटे भने त देलान् भो । काम गरेर तिर्नुहोला नि त ।”

बीरेलाई श्रीमतीको कुरा ठीकै लाग्यो र त्यतै लुखुर लुखुर गयो। खेती लगाइदिने शर्तमा पाँच पाथी मकै लिएर आयो बीरेले। तर यसरी संधै निर्वाह त चल्दैन । गाउँका कति बिदेश गएर आफ्नो व्यवस्था मिलाएका छन् । आफू भने संधै उस्तै छु। यस्तै सोच आयो बीरेको र श्रीमती र आमाको सल्लाहले बिदेश लाग्यो। दुबईमा नोकरी गरी दुइ वर्षमा घर आयो। लिएका ऋण सबै सामा व्याज तिर्यो र १ हलको मेलो बारी पनि किन्यो अनि फेरि बिदेश गयो। इमान्दारीका साथ काम गरेकोले बीरेको तलब पनि मालिकले बढाइदिए। यता घरमा परिवारले गरेर खाने ठाउँ पाए। ठूलो छोरो ७ पढ्दैछ। छोरी ५ कक्षामा पढ्छे। कान्छो भर्खर १ मा छ। वर पर मेलो पात गरेर सुन्तलीले ३ खसी पाठा र एक माउ बाख्रो पनि पालेकी छ । गहिरे बाजेको पाडी पनि पालेकी छ। मकै पनि राम्ररी मिहिनेत गरे पछि नहुने कुरै भएन।

अब बीरे फेरि २ वर्षको छुट्टी पछि घर आयो र ल्याएको पैसाले ५ रोपनी धौले कान्छाको खेत पनि किन्यो ।परिवारलाई नयाँ नयाँ लुगा जडाउरी पनि ल्याइदियो । सबै परिवार फुरूङ्ग भए। बीरे फेरि बिदा सकिए पछि बिदेश लाग्यो। काममा जिम्मेवार थियो, बचनमा इमान्दार पनि थियो। आफ्नो मालिक बीरेको स्वभाव र कामले ज्यादै खुसी थिए। काम गर्दै जाँदा दुइ बर्ष फेरि बितेछ। मालिकले खुसी भएर दुइ महिना बराबरको पैसा घर आउँदा बक्सिस थपिदिएछन्। बीरे झन खुसी भयो र फेरि बिदामा घर आयो।

“अब त संधै बिदेश पस्ने होइन, घर पनि त हेर्नु पर्यो। बाँसले बारेको, खरले छाएको, माटाले टालेको राम झुपडीमा बसेर के निर्वाह हुन्छ र ? परिवार ठूलो हुँदै गए। अब केही बर्ष पछि विवाह गरिदिनु पर्ने बेला आउँछ। सबैले गाउँमा घर बनाउने कुरा चलाएका छन् । हामीले पनि एउटा नयाँ घर बनाउने काम गर्नु पर्यो। बुढी भएकी आमाको रेखदेख पनि त गर्नु पर्यो नि।” सुन्तली मनको कुरा श्रीमान् लाइ सुनाउन थाली । श्रीमतीका कुरा सुनेर बीरे गाउँ डुल्यो र सबैसँग सल्लाह गर्यो । गाउँले जम्मा भएर मिटिङ्ग राखे। सबैका घर झुप्रा जस्तै छन् । पालो गरेर घर बनाउे सल्लाह बस्यो ।

गाउँको पश्चिम पाखामा सानो जंगल थियो। सबैले हेरचाह गरेर पालेको जंगल हो यो । पानी पँधेरो पनि त्यतै थियो। घाँस दाउरा चाहिने त छँदै थियो अहिले घर बनाउन पनि काठ चाहिने भयो । गाउँलेको सल्लाहले त्यही नजिकको जंगलमा काठ कटनी गर्ने र त्यसैको पल्लो पट्टिको पाखोबाट ढुंगा झिकी घर बनाउने भनी सहमति पनि भयो। पालै सित घर बनाउँदा बीरेको पनि पालो आयो। पत्नी सुन्तलीलाई साथ लिएर बीरेले घर ठड्यायो, टीन राखेर छानो छायो, वसारी झिकेर बैठक तयार गर्यो, गोठ पनि नयाँ बन्यो। यसो गर्दा भएको जंगल बुट्यान बन्यो,पोथ्राहरू देखिए, ढुंगाहरू झिक्दा पल्तिरको पाखो अोढार झैं बनेछ । पंधेरोको पानीको मूल सुक्न थालेछ। परिवारलाई बस्नको लागि सोचेर नयाँ घर बनाएको प्रकृति सित पनि मीत लगाएर मात्र काम गर्नुपर्ने कसैले सोचेनन् । अब नजिक जंगल नहुँदा घाँस,दाउरा, पातकै दु:ख हुन थाल्यो । बीरेलाइ मात्र हैन, गाउँले सबैलाई दु:ख बढ्न थाल्यो ।

समयले आफ्नो रूप बदल्दै जान थाल्यो। बर्षा लाग्यो सात दिनको झरी बादल र मुसलधार वर्षाले नजिकका खोला खोल्सा वरपर डाँडा काडा थर्काउँदै उर्लन थाले। बीरेको बारी मुन्तिरको पाखोबाट ठूलो पहिरो झरेछ । ढुंगा झिक्दा बनेको अोढारको पाखै पनि झरीले गर्दा लछारिएछ। पानी खाने मुहान र कुवा सबै पहिरोले पुरिएछन्। यता खोला र खोल्साका भेलले सबै ढड्यान जम्मा गर्दै बगाउँदा बिरेको तलको खेतनै बगर पल्टिएछ । तल्लो पाटाको ढिक पनि खोल्सा तिर पुगेछ । अरु गाउँलेहरुको पनि उस्तै जात्रा! बिहान उठेर पानीको तहरोमा बीरे र सुन्तली त्यही ठाउँमा पुगेर हेर्दा सबै हरिवैराग देखियो । मौलान गएर दु:ख गरेर कमाएको पैसाले जोडेको सम्पत्ति बगर पल्टेको देख्दा दुबैको मन रहेन। तातो रीसले ठाडो हात लगाएर बीरे चिच्याउदै पहिरोतिर फर्केर सराप्न थाल्यो । सुन्तली पनि रुँदै थन्थनाँउदै थिई। गाउँलेहरू पनि त्यहीँ आएर पहिरोलाई गाली गर्दै थिए। केही बेर पछि सबैको कोकोहोलो सुनेका एक जना बुज्रुक आएर भने – “यो प्रकृति सितको मित्यारी लगाएर काम नगर्दा यस्तै दु:ख कष्ट बेहोर्नुपर्छ। तपाईहरूले यही ठूलो गल्ती गर्नु भयो। प्रकृति जड बस्तुलाई गाली गरेर केही काम छैन। प्रकृतिलाई माया गर्न सिक्नुहोस् ।” बीरे र उसका गाउँले कुरा बुझ्न घोरिएर सुनिरहेका थिए।

सिफारिस