घर लेखक पदों Palpa Online

Palpa Online

Avatar
120 पोस्ट 0 टिप्पणी

घुमफिर:सुन्दर जन्तीलुङ र मरमकोट(फोटो फिचर)

पछील्लो समय पाल्पाका ग्रामीण पर्यटकिय स्थलहरुको अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको छ।यस्तोमा आन्तरिक पर्यटकको रोजाइमा तिनाउ गाउपालिका स्थित जन्तीलुङ र मरमकोट पर्ने गरेको छ।तिनाउ गाउपालिका वडा न ६ मा पर्ने जन्तीलुङ र ५ मा पर्ने मरमकोटबाट दृश्यावलोकन गर्न जानेको सङ्ख्या बढ्दो छ।

मन्त्रिपरिषद पुनर्गठन:बिष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मा,पोखरेललाई प्रम कार्यालय तानियो

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन।मन्त्रिमन्डलका कुनै मन्त्री नहटाइ थप ३ जनालाई थपेर ओलीले पुनर्गठन गरेका हुन।थपिएका मध्य बिष्णु पौडेललाई अर्थ,कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको हो।

पाल्पालीलाइ सास्ती:बाटो अवरुद्द,बिद्युत र टेलिफोन सेवा अनियमित

पाल्पामा बिगत केही दिनमा भएको अविरल बर्षाले जिल्लाको बिभिन्न स्थानमा पहिरो गयो।जिल्लाको मुख्य राजमार्ग अन्तर्गत सिद्दार्थ राजमार्गका दर्जन बढी स्थानमा पहिरोले बाटो अवरुद्द भएको छ।केही स्थानको पहिरो पन्छाइए पनि झुम्सा सिद्दबाबा क्षेत्रमा गएको पहिरो पञ्छाउन नसक्दा शनिबार रातीसम्म पनि बाटो अवरुद्द रहेको छ।बाटो अवरुद्द हुँदा पाल्पा हुँदै बुटवल,काठमान्डौ जाने यात्रु अलपत्र बनेका छन।

पाल्पा कोभिड १९ तथ्याङ्क:८५% निको,०.२९% मृत्‍यु र १४% समुदाय स्तरका सङ्क्रमित

यसरी हेर्दा पाल्पामा कुल परिक्षणको १०% मा कोरोना सङ्क्रमण पुष्टी भएको छ।यस्तै कुल सङ्क्रमितको ८५% निको भएर घर फर्किएका छन भने ०.२९% को मृत्‍यु भएको छ।स्वास्थ्य कार्यालयले जनाए अनुसार हालसम्म ९५ जना सङ्क्रमित समुदाय स्तरका छन जुन कुल सङ्क्रमितको १४% हुन्छ।पाल्पामा कोभिड १९ सन्क्रमणको लहरलाई नियाल्दा भारत तथा अन्य मुलुकबाट आइ क्वारेन्टिनमा बसेका धेरै सङ्क्रमित रहेका थिए जसमध्य अधिकान्समा लक्षण देखिएको थिएन भने १ जनाको मृत्‍यु भएको थियो।

पाल्पा आइपुग्यो पिसिआर मेसिन,परिक्षण सुरु हुन केही दिन लाग्ने(फोटो फिचर)

पाल्पा अस्पातल अन्तर्गतको पिसिआर ल्याबको लागि पिसिआर मेसिन आइपुगेको छ।स्वास्थ्य मन्त्रालय अन्तर्गत पिसिआर ल्याब स्थापनाको लागि निर्णय भएबमोजिम पिसिआर ल्याब स्थापना हुन लागेको हो।

पाल्पामा २८ कोरोना सङ्क्रमित थपिए,सङ्क्रमण समुदाय स्तर उन्मुख

पाल्पामा थप २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ।प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा तानसेन नगरपालिकाका १६ जना,रम्भा गाउपालिकाका ९ जना र अस्पातलबाट लिएको स्वाबमा ३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।तानसेनमा देखिएका सङ्क्रमितमा ४ जना जनप्रतिनिधी रहेका छन र धेरै ट्राभल हिस्ट्री नभएका समुदाय स्तरका ब्यक्ती रहेका छन।

सशस्त्र प्रहरीद्वारा रम्भाको पहिरोमा रेस्क्यु अपरेसन,एक ब्यक्ती बेपत्ता रहेको आशंका

रम्भा गाउपालिका३ पिपलडाँडामा भदौ १५ गते गएको पहिरोमा परी एक ब्यक्ती अझै बेपत्ता रहेको आशंका गरिएको छ। बिगत ६ दिनदेखी सशस्त्र प्रहरी बल ३५ गुल्म हे कवा बाट सशस्त्र प्रहरी कर्मचारीहरु विपद् उद्बारका सामाग्रिहरु सहित उद्दारमा खटिएका छन।पहिरोमा परी रम्भा गाउपालिका ३ पिपलडाँडाका ३३ बर्षिय राजकुमार थापा मगर पुरिएको आशन्का गरिएको छ ।घरबाट दाउरा काट्न हिडेका थापा अझै सम्पर्क बिहिन रहेको र दाउराको भारी पहिरो गएको स्थान नजिकै भेटिएकाले पुरिएको आशंका गरिएको हो।

पाल्पा अस्पातलमा उपचाररत एक जनामा कोरोना सङ्क्रमण,आकस्मिक बाहेकका सेवा बन्द

पाल्पा अस्पातलमा उपचाररत एक जनामा कोरोना सङ्क्रमण पुषटी भएको छ।बिगत एक हफ्तादेखी अस्पातलमा उपचाररत एक जनामा सङ्क्रमण पुषटी भएपछी आकास्मिक बाहेकका सेवा बन्द गरिएको छ।

पाल्पामा थप १६ जनामा कोरोना सङ्क्रमण

पाल्पामा थप १६ जनामा कोरोना सङ्क्रमण पुषटी भएको छ । माथागढी गाउपालिकाका ५ जना पुरुष , तिनाउ गाउपालिकाका ८ पुरुष ,रैनादेवी छहराका १ पुरुष र १ महिला र बगनासकाली गाउपालिकाका १ पुरुषमा सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामा थप एक जनामा कोरोना सङ्क्रमण

पाल्पामा थप एक जनामा कोरोना सङ्क्रमण देखिएको हो।रम्भा गाउपालिकाका एक पुरुषमा कोरोना सङ्क्रमण पुषटी भएको हो।आज कोरोना सङ्क्रमण देखिएका ब्यक्ती कन्ट्याक ट्रेसिङका आधारमा पुषटी भएको र यस अघी सङ्क्रमण देखिएका ब्य्क्तीको छोरा रहेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी ओम प्रकाश पन्थीले जनाउनुभयो।

सिफारिस