श्रावण ३, २०७४- एकसय बढी अस्पताल, एक हजार बढी चिकित्सक र ५ सय बढी औषधी पसलबारे जानकारी समावेश गरेको हाम्रो अस्पताल एप नयाँस्वरुपमा सुरु भएको छ । एपबाट बिरामीले चिकित्सकसँग एपोइन्टमेन्ट लिन सक्नेछन् ।
एप सञ्चालनमा ल्याएको बेटाटेक सोलुसन प्रालिले राजधानी र राजधानी बाहिरका विभिन्न अस्पतालसागको समन्वयमा एप सञ्चालन गरिएकाले एपबाट प्रयोगकर्ताले लिएको एपोइन्टमेन्ट अस्पतालले रेकर्डमा राख्ने र त्यसैअनुसारको समय उपलब्ध गराउने बताएको छ ।
एपमा बिरामीले आफ्नो औषधीको समय तालिका सेभ गर्न सक्ने र यसले बिरामीलाई सोहीअनुसारको नोटिफिकेशन दिन सक्नेछ ।
बिरामीले रोगअनुसारको चिकित्सकको विवरण एपमा पाउँन सक्नेछन् । एपको नयाँ स्वरुपमा स्वास्थ्य सम्बन्धी लेख, समाचार, टिप्स र अन्य सामग्रीहरुसमेत समावेश गरिएको छ ।
हाल यो एप गुगल प्ले स्टोरमा उपलब्ध छ ।