-सुमन पौडेल

अनेकौ बिबिधताको मेरो यो देशमा
आज रोपिदै छन फुटका अनेकौ शृंखला,
मेरो देश एउटा ‘प्रयोगशाला’।

अटाउदैनन यहाँ जनताका पिडा
किनकी राजनेतालाई गर्नुछ पदलोलुपको खेला,
मेरो देश एउटा ‘प्रयोगशाला’।

भन्छन टिभी यही भएपनी रिमोट बाहिर छ
‘र’,’इयु’ सबैका राजनीतिक प्रयोग गर्ने स्थल भयो थला,
मेरो देश एउटा ‘प्रयोगशाला’।

सबै ब्यवस्था परिक्षण गरिएर
सम्वृद्धि त परै जनतालाई सामान्य उपचार दिने पनि छैन चाला,
मेरो देश एउटा ‘प्रयोगशाला’।

छाडिएका छैनन यहाँ रटिन सम्वृद्धिका नारा
अझ भन्छन सम्वृद्धि सम्भव छ हाम्रै पाला,
मेरो देश एउटा ‘प्रयोगशाला’।

जनतालाई अनिर्णयको बन्दी बनाएर
बिभिन्न साठ्गाठमा शासकहरु थप्दै छन फुलका माला,
मेरो देश एउटा ‘प्रयोगशाला’।

खबरदार अब भेडा हुनेछैन जनता
अझै आफ्नो बानी नसुधारे तिमी बिरुद्द उत्रनेछन तिम्रा लालाबाला
मेरो देश एउटा ‘प्रयोगशाला’।

उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्