राष्ट्रिय जनमोर्चा पाल्पाले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको संसद विघटनका विरुद्धमा आज तानसेनको आन्दोलन चोकमा एक कोण सभा सहित विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

कोण सभालाई सम्वोधन गर्दै राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले प्रधानमन्त्रीको यो कदम नेपालको संविधान बिरुद्दको गरिएको एक गैर संवैधानिक कार्य रहेको र जनताको मुल्य मान्यता माथीको हस्तक्षेप रहेकोले त्यसको राष्ट्रिय जनमोर्चाले व्यापक भण्डाफोर गर्ने बताउनुभयो ।

यसै गरि सोहि कोण सभालाई संवोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सोम कुमार कार्कीले ओली सरकारको यस्तो गैर संवैधानिक कदम गणतन्त्र माथी गरिएको प्रहार र सरकाले गरेको यस कदम एक धमिलो पानीमा माछा मार्ने कार्य भएको भनि निन्दा एंव भ्रत्सना गर्नुभयो ।

उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्