घुमफिर:सुन्दर जन्तीलुङ र मरमकोट(फोटो फिचर)

0

पछिल्लो समय पाल्पाका ग्रामीण पर्यटकिय स्थलहरुको अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको छ।यस्तोमा आन्तरिक पर्यटकको रोजाइमा तिनाउ गाउपालिका स्थित जन्तीलुङ र मरमकोट पर्ने गरेको छ।तिनाउ गाउपालिका वडा न ६ मा पर्ने जन्तीलुङ र ५ मा पर्ने मरमकोटबाट दृश्यावलोकन गर्न जानेको सङ्ख्या बढ्दो छ।

जन्तिलुंगमा ढुंगामाथि बनाइएको बगैचा।

पहाड र हिमालको स्वरुपमा हिमालको काखमा देखिने तानसेन बजार सहित पाल्पाका बिभिन्न स्थानको दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ।

वरिपरी डाडाले घेरेको तल कुइरोले ढाकेर बनेको व्हाइट लेकले सुन्दरताको सुनमा सुगन्ध थप्ने काम गरेको देखिन्छ।सिद्दार्थ राजमार्ग स्थित डुम्रेबाट करिब १० किमी उत्तर पश्चिम कच्ची सडक बाट जन्तीलुङ पुग्न सकिन्छ।त्यसको केही तल पर्छ मरमकोट।जन्तीलुङ र मरमकोट जान चर्चरे र जोराधारा बिचको नयाँ जोरधारा बजारबाट पनि सडक सन्जाल जोडीएको छ।

उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्