काठमाडौंः काठमाडौंको कलंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ ।

आज बिहान बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको ट्रकले मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको बा ३ ख ७५३० नम्बरको मिनी ट्रकलाई ठक्कर दिँदा ३ को मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नुवाकोट सुन्दरादेवीका २४ वर्षीय रोशन तामाङ, तारकेश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे रहेका छन् भने अर्का एक जनाको पहिचान खुलेको छैन ।

त्यस्तै दुर्घटनामा नुवाकोट तार्केश्वरका २२ वर्षीय विजय तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।

उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्