युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले पाँचौ जित निकालेको छ ।

सारजाहमा क्रिकेट स्टेडियममा सोमबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौ जित निकालेको हो ।

बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो । कोलकत्ताका लागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाए । यस्तै राहुल त्रिपाठी र आन्द्रे रसेलले १६÷१६ रन बनाए । बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २/२ विकेट लिए ।

यस्तै क्रिस मोरिस, मोहमद सिराज, नाभ्दिप शैनी र इसुरु उडाना र युजभेन्द्र चाहलले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित ७३, आरोन फिन्चले ४७, देवदुत पडीक्कलले ३२ तथा कप्तान विराट कोहली ३३ रनमा अविजित रहे । कोलकत्ताका प्रशिद्द कृष्ण र आन्द्रे रसेलले १÷१ विकेट लिए ।

योसँगै बैंगलोरले ७ खेलमा ५ जितसहित १० अंक जोड्दै तालिकाको तेस्रो स्थानमा समेत उक्लिएको छ ।

उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्