जिल्ला प्रहरीको आत्महत्या रोकथाम,चेतना र प्रयासको १५ दिने अभियान

0

असोज १६ गते शुक्रबार।मध्यान्नको समयमा प्रहरी नायब उपरिक्षक मदन गिरी जिल्ला प्रहरी कार्यालय पाल्पा परिसरमा सेवाग्राही सँग भलाकोसारी गर्दै हुनुहुन्थ्यो।उहाले आफु काठमान्डौमा कार्यरत रहदाको एउटा घटना सुनाउनुभयो।एक जना बालकलाई प्रहरीले जङलमा डोरी लिएर रुख हेर्दै गरेको अवस्थामा फेला पार्यो।सोधपुछका क्रममा उक्त बालक सामान्य झगडाको बिषयलाई लिएर आत्महत्या गर्न हिंडेका रहेछन।पछि प्रहरीले सम्झाइबुझाई गरेर उक्त बालकलाई घर पठायो।यस्ता अन्य घटनाको पनि गिरीले फेहरिस्त प्रस्तुत गर्नुभयो।

बिभिन्न समस्या समाधानको आसा लिएर कार्यालय आएका नागरिकको गुनासो सुनेर उचित सम्बोधनको पहल पछि गिरीले अन्तर्कृया सुरु गर्नुभयो।त्यो अन्तर्कृया पछिल्लो समय बढ्दै गरेको आत्महत्याको रोकथाम तथा चेतना फैलाउने सम्बन्धमा थियो।त्यही क्रममा गिरीले आफ्नो सेवा अवधीमा देखेका बिभिन्न आत्महत्या सम्बन्धी केसको अनुभव पनि साट्नुभयो र सँगै सेवाग्राहीका तर्फबाट त्यसको रोकथामका सम्भावित उपायहरुका बारेमा पनि छलफल भयो।

Image may contain: 1 person, sitting, shoes and outdoor

पछिल्लो ६ दिनदेखी जिल्ला प्रहरी कार्यालय पाल्पाले आत्महत्या रोकथाम,चेतना र प्रयास नामक १५ दिने अभियान सन्चालन गरिरहेको छ।यस सम्बन्धमा प्रहरी अधिकारीहरुले तानसेन नगरपालिका लगयत बिभिन्न स्थानिय तहका जनप्रतिनिधीका साथ साथै आम नागरिक सँग आत्महत्या रोकथाम गर्न चाल्न सकिने सम्भावित कदम तथा कानुनी कारबाहीका सम्बन्धमा अन्तर्कृया गरिरहेको छ।

प्रहरी नायब उपरिक्षक मदन गिरी र प्रहरी सहायक निरिक्षक लक्ष्मी प्रशाद पन्थी तथा अन्य प्रहरी अधिकारीहरुले यो अभियानलाई सन्चालन गर्नुभएको छ।मानिसमा मानसिक तनाव तथा अन्य सानो घरायसी कारणले गर्दा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो छ।त्यसरी प्राण त्याग गर्ने सोचलाई निरुत्साहित गर्न र सामाजिक चेतना अभिबृद्दी गर्न यो कार्यक्रम सन्चालन गरिएको उपरिक्षक गिरीले बताउनुभयो।

Image may contain: 4 people, people standing and outdoor
Image may contain: 3 people, people standing, hat and outdoor

सबै तस्बिर:जिल्ला प्रहरी कार्यालय पाल्पा

उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्