पाल्पामा बिगत केही दिनमा भएको अविरल बर्षाले जिल्लाको बिभिन्न स्थानमा पहिरो गयो।जिल्लाको मुख्य राजमार्ग अन्तर्गत सिद्दार्थ राजमार्गका दर्जन बढी स्थानमा पहिरोले बाटो अवरुद्द भएको छ।केही स्थानको पहिरो पन्छाइए पनि झुम्सा सिद्दबाबा क्षेत्रमा गएको पहिरो पञ्छाउन नसक्दा शनिबार रातीसम्म पनि बाटो अवरुद्द रहेको छ।बाटो अवरुद्द हुँदा पाल्पा हुँदै बुटवल,काठमान्डौ जाने यात्रु अलपत्र बनेका छन।

यस्तै बिगत एक हफ्तामा जिल्लाको बिद्युत आपुर्ती अनियमित बनेको छ।पहिरोले बिभिन्न्न स्थानमा पोल ढालेको र मर्मतका लागि समस्या भएको नेपाल बिद्युत प्राधिकरण पाल्पाको भनाइ छ।यस्तो अवस्थामा रिडीबाट बैकल्पिक बिद्युतको ब्यवस्था गरी केही स्थानमा केही समयको लागि मात्र त्यसको उपलब्धता रहेको छ।बिद्युतको समस्या पाल्पालीलाई नौलो भने होइन।अन्य समयमा पनि पटक पटक आपुर्ती अनियमित हुँदै आएको छ।बर्शौ देखीको समस्याले जिल्ला बासीलाई आजित बनाइसकेको छ।यसको उचित समाधानका लागि उचित पहल नभएको स्थानियको गुनासो छ।जिल्लाका कतिपय स्थानमा एक पटक अवरुद्द भए केही दिन सम्म नै आपुर्ती ठप्प हुने गरेको छ।

यस्तै बाटो र बिद्युत सँगै शनिबार पाल्पाको नेपाल टेलिकमको नेट्वर्कमा पनि समस्या आएको छ।लाइन ब्रेकेजका कारण टेलिफोन सेवामा समस्या आएको र समाधान हुन केही समय लाग्ने नेपाल टेलिकमले जनाएको छ। शनिबार दिनभर फोन नलाग्ने र नबुझिने समस्या देखिएको थियो।

जिल्लामा बिभिन्न सेवा प्रभावित हुँदा सम्बन्धित निकायले समयमै ध्यान नदिएको स्थानियको गुनासो रहेको छ।

उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्