पाल्पामा हालसम्मको कोरोना सङ्क्रमित सन्ख्या ६८२ पुगेको छ।पछिल्लो समय बिभिन्न समुदाय स्तरमा गरिएको परिक्षणमा केहीको पिसिआर पोजिटिभ देखिएको छ।स्वास्थ्य कार्यालयले उपलब्ध गराएको बिवरण अनुसार हालसम्म पाल्पामा करिब ६९२५ जनाको पिसिआर परिक्षण गरिएको छ।जसमध्य ६२०७ जनामा कोरोना सङ्क्रमण पुष्टी हुन सकेन भने ६८२ जनामा सङ्क्रमण पुष्टी भएको छ।प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पाल्पाबाट पठाइएको १४१ स्वाबको नतिजा आउन बाँकी छ।

यसरी हेर्दा पाल्पामा कुल परिक्षणको १०% मा कोरोना सङ्क्रमण पुष्टी भएको छ।यस्तै कुल सङ्क्रमितको ८५% निको भएर घर फर्किएका छन भने ०.२९% को मृत्‍यु भएको छ।स्वास्थ्य कार्यालयले जनाए अनुसार हालसम्म ९५ जना सङ्क्रमित समुदाय स्तरका छन जुन कुल सङ्क्रमितको १४% हुन्छ।पाल्पामा कोभिड १९ सन्क्रमणको लहरलाई नियाल्दा भारत तथा अन्य मुलुकबाट आइ क्वारेन्टिनमा बसेका धेरै सङ्क्रमित रहेका थिए जसमध्य अधिकान्समा लक्षण देखिएको थिएन भने १ जनाको मृत्‍यु भएको थियो।

तर पछील्लो समय समुदायमा गरिएको परिक्षणले समुदाय स्तरमा पनि केही हद सम्म सङ्क्रमण पसेको हुन सक्ने अनुमान गर्न सकिन्छ।समुदायमा सङ्क्रमण देखिने अधिकान्समा अस्पातलबाट स्वाब सङ्कलण गरी पठाइएका ब्यक्ती छन जसमा सामान्य देखी मध्यम लक्षण देखिएको थियो।समुदाय स्तरको ट्राभल हिस्ट्री नभएकी एक महिलाको भने मृत्‍यु समेत भएको थियो।हालसम्म समुदाय स्तरमा सबैभन्दा धेरै सङ्क्रमण तानसेन नगरपालिका क्षेत्रमा देखिएको छ।

यस्तै कोरोना सङ्क्रमणबाट स्वास्थ्य संस्था सँग आवद्द १३ जना पनि प्रभावित बनेका छन।पछिल्लो समय युनाइटेड मिसन अस्पातल,पाल्पा अस्पातल र लुम्बिनी मेडिकल कलेज सँग आवद्द कर्मचारीमा सङ्क्रमण पुष्टी भएको छ।

उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्