सुमन गाहा माथागढी गाँउपालिकामा समुदाय स्तरमा कोरोना भाईरस संक्रमण फैलन थालेपछी पुनः समुदाय स्तरबाट स्वाब संकलन गरेकाे छ ।
माथागढी गाउँपालिकाका स्वास्थ्य संयाेजक केशव जि सि का अनुसार गत भदौ १०,११ र १६ ,१७ गते गरेर लिईएकाे १८३ जना मा १७५ जनाको पि सि अार रिपोर्ट नेगेटिभ अाएकाे र ८ जना पाेजेटिभ देखिएको थियो । पाेजेटिभ रिपोर्ट आउनेहरूलाई पाल्पा मिसन अस्पतालकाे आईस्वलेसन मा २ जना छन भने, ४ जना समुदायकै आईस्वलेसनमा राखिएको छ । स्वास्थ शाखाका अनुसार उहाँहरुलाई कुनैपनि लक्षण देखिएको छैन र स्वास्थ अवस्था पनि सामान्य रहेको छ। समुदाय स्तरमा बढ्दै गरेको काेराेनालाई नियन्त्रण गर्नका लागि भदौ २५ र २६ गते माथागढी गाउँपालिका भित्र का वडा नम्बर १,२,३,४,५,६,८ गरि ७ वडाका २३३ जना समुदायका व्यक्तिहरुकाे स्वाब संकलन गरि जनस्वास्थ्य कार्यालय भैरहवाकाे परिक्षण केन्द्रमा पठाएकाे जानकारी पनि दिनुभएको छ ।

तस्बिर पाल्पा अन्लाईन

दाेस्राे मूलुकबाट आउने तथा बाहिरी जिल्लाबाट आएका साथै समुदाय का काेराेना सङ्क्रमित व्यक्ति हरुको नजिक मा रहेका व्यक्तिहरुकाे कन्ट्याक्ट् ट्रेसिङ गरिएको र स्वाब संकलन गरिएको छ । भने आवश्यकता अनुसार पिसिआर परीक्षण गरेको जानकारी स्वास्थ्य शाखाका संयोजक जिसीले गराउनु भएको छ। साथै परीक्षण का लागि स्वाब संकलन कार्यमा स्वास्थ्य शाखा संयोजक सहित ल्याबका टोलीहरुको उपस्थिति रहेको थियो

उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्