पाल्पामा थप २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ।प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा तानसेन नगरपालिकाका १६ जना,रम्भा गाउपालिकाका ९ जना र अस्पातलबाट लिएको स्वाबमा ३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

तानसेनमा देखिएका सङ्क्रमितमा ४ जना जनप्रतिनिधी रहेका छन र धेरै ट्राभल हिस्ट्री नभएका समुदाय स्तरका ब्यक्ती रहेका छन।तानसेनमा वडा न १,२,६,७,८,९,१०,११ र १२ मा सङ्क्रमण पुष्टी भएको हो।सङ्क्रमण पुषटी हुनेमा लुम्बिनी मेडिकल कलेजमा निधन भएकी महिलाको श्रीमान समेत रहेका छन।

यस्तै अस्पातलबाट लिएको स्वाबमा पाल्पा अस्पातलमा आइसोलेसनमा उपचाररत रहेका छन।हिजो पुर्वखोलामा एक जना र अस्पातलबाट सङ्कलित स्वाबमा एक जना गरी २ जनामा पिसिआर पोजेटिभ देखिएको थियो।यो सँगै पाल्पामा सङ्क्रमित सङ्ख्या ६४० पुगेको छ।

हेर्नुहोस् कोरोना भाइरस सम्बन्धी पाल्पा विवरण: 
कोरोना पाल्पा अपडेट

उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्