पाल्पा २२ भदाैं जिल्लाकाे माथागढी गाउँपालिकाले वडा नं १ को केही क्षेत्रहरू सिल गर्ने निर्णय गरेकाे छ । साे क्षेत्रमा समुदाय स्तरमा काेराेना संक्रमण पुष्टि भएपछि सिल गर्ने निर्णय भएकाे हाे । वडा नं १काे वडा कार्यालय, सातदोबाटो लगायतका क्षेत्रमा पसल नखाेल्न,यातायातका साधन नचलाउन र स्थानियलाई अनावश्यक हिड्डुल नगर्न अग्रह गरिएकाे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले जानकारी दिनुभयो।

अधिकृत नेपालले सोही स्थान भएर अन्य स्थानीय तहमा चल्ने सवारी साधनले सो स्थानमा सवारी साधन नरोक्ने तथा यात्रुहरूलाई चढाउने ,अोराल्ने नगर्नुहुनु समेत आग्रह गरिएको बताउनुभयो।

माथागढी गाउँपालीकाको सुचना

उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्