रम्भा गाउपालिका३ पिपलडाँडामा भदौ १५ गते गएको पहिरोमा परी एक ब्यक्ती अझै बेपत्ता रहेको आशंका गरिएको छ। बिगत ६ दिनदेखी सशस्त्र प्रहरी बल ३५ गुल्म हे कवा बाट सशस्त्र प्रहरी कर्मचारीहरु विपद् उद्बारका सामाग्रिहरु सहित उद्दारमा खटिएका छन।पहिरोमा परी रम्भा गाउपालिका ३ पिपलडाँडाका ३३ बर्षिय राजकुमार थापा मगर पुरिएको आशन्का गरिएको छ ।घरबाट दाउरा काट्न हिडेका थापा अझै सम्पर्क बिहिन रहेको र दाउराको भारी पहिरो गएको स्थान नजिकै भेटिएकाले पुरिएको आशंका गरिएको हो।

सशस्त्र प्रहरीको सर्च एण्ड रेस्क्यु अप्रेशन टोलीले बिगत ६ दिन देखी रेस्क्यु कार्य गरिरहेको डिएसपी अरुण कुमार सिंहले जनाउनुभयो।यस्तै पहिरो गएको ठाउँ साँगुरो र भिरालो भएकोले सर्च एण्ड रेस्क्यु अप्रेशन गर्नमा समस्या भएको र स्काईभेटर लगाउन नमिल्ने भएकोले म्यानुअली गर्नु परेको सशस्त्र प्रहरीका निरीक्षक हिरा बहादुर बोहराले बताउनुभयो।

बेपत्ता ब्यक्तीको खोजी कार्य जारी रहेपनी हाल्सम्म फेला परेका छैनन।

सबै तस्बिर:अरुण कुमार सिंह

उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्