“कुलाङ नुङक्याले माइलाबा?”मैले यसरी सोधेको सुनेर होला हास्दै माइलाबाले भन्नुभयो “बजार आले नानी “।मगर गाउँमा घर भएर होला अलिअलि यति चाँही भन्न सिकेको थिए।’हेर नानी यसपालि टमाटर राम्रो फल्यो त्यसैले त्यहाँ माथि गाउँको बजारमा लगेर बेच्नुपरयो भनेर हिँडेको सार्है थकाइ लाग्यो फेरी यो चौतारीको छहारी मुनी नबसी त हिडनै मन लाग्दैन ।यो गरुङगो भारीको आधा थकान त यहाँ चल्ने यो सिरसिरे हावाले नै बिर्साइदिन्छ’।पसिनाले निथ्रुक्क भिजेको कपडालाई हावाले ओभाउदै थियो यति भन्दै गर्दा मेरो मनमा लाग्यो ‘ओहो,पचास वर्ष नाघीसक्दा नि कति बलियो तेत्रो उकालो यत्रो भारी बोकेर हिड्नु हुन्छ कति जोसजाँगर छ।’ साँच्चै पैसठ्ठी पुगेकी हजुरआमाले भनेको याद आउछ।
“हेर नानी हामी त मकै, ढिडो, घ्यू, दुध खाएर हुर्केको हौ काम त अझै सम्म जति नि गर्न सक्छौ”कति ढुक्कसँग भन्नुहुन्छ। सोचमा यति मग्न भएछु माइलाबाले भन्नभयो ‘ये नानी आउ एकछिन बस यहाँ, काठमाडौंमा यस्तो हावा कहाँ चल्छ र?'”
साच्चै यहाँको यो स्वच्छ हावाको तरङमा जीवन जिउनुको मज्जानै बेग्लै छ ।माइलाबाले भनेको सहि हो काठमाडौंको हावासँग कसरी तुलना गर्नु ?
त्यो सहरको गुम्सिएको वातावरण नियाल्न झ्याल खोल्दा आउने प्रदुषित हावाले सास नै उकुसमुकुस बनाइदिन्छ र झ्याल बन्द गर्न बाध्य बनाइदिन्छ।तर यी छहारीमा बसेर ती डाँडाकाँडाको मिलन,पहाडको मुस्कान, ति उकालीओरालीको गफ र यहाँ चल्ने शिरेटोले मनमस्तिष्क यति आनन्दित तुल्याउँछ कि भन्न मन लाग्छ” जिन्दगी बस् यही हो”।त्यो हावाको भेगसँगै आउने सल्लाको बास्ना र अझ त्यो सिरसिरे बतासको मस्त गफमा हराएर समय गाको पत्तो हुँदैन।साच्चै यो रुखको छहारीले र यहाँ चल्ने हावाले एकैछिनलाइ भएपनि जीवनको भोगाइ ,ओराली,कष्ट सबै बिर्साइ दिन्छ।।बाध्यताले भनौ या लक्ष्यको गन्तव्यको निम्ति सहर पस्नुको भोगाइ त छँदैछ तर यो वातावरण यो छहारीको ,हावाको चन्चलताले यति मग्न बनाउछ कि बस जीवन यहि बिताउन पाए हुन्थ्यो जस्तो ।
आदरणीय जीवन शर्माको गित “सीमली छायाँमा बसी भरिया लामो सास फेरेको” सम्झनामा आयो।यो छहारीले साच्चै ती भरियाको दुख,पसिना र जीवनभरिको कष्ट देखेको छ ।कसैले साथ देको छन् या छैनन् तर जीवनको गोरेटोमा यो छहारीले कैले सितल नदेको दिन छैन।चराले आफ्नै हागामा ओथारो बसेर बच्चा हुर्काएर ति बच्चा स्वतन्त्र रुपमा आकाशमा उडेको दिन कति खुसी हुन्छन् ।कति निश्वार्थ माया छ यि छहारीको ।।
मरुभुमीको प्रचण्ड रापमा काम गर्दा अस्तिनै घर बनाउन काटेको रुखको यादले पछुताउनुको के अर्थ छ र?फ्यान खोलेर सितल लिनेलाई यो छहारीमा बसेर जीवनको भोगाइको कल्पनामा डुब्नुको मजा के थाहा छ र?
‘ल नानी अब बाटो लाग्नुपरयो झिमिक्क एक निन्द्रा परयो’भनेपछि म पनि कल्पनाबाट बाहिर आए।हुन्छ माइलाबा म पनि लाग्छु।जाने बेला सोध्नुभयो कहिले फर्कनछौ काठमाडौं? मन भारी पारेर भने अब दुई चार दिनमा भन्दै बिदा भए!!