तानसेनमा एक जनामा कोरोना सङ्क्रमण देखिएको छ।कुनैपनी ट्राभल हिस्ट्री नभएको तानपा ४ कि एक जना ४० बर्शे महिलामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पा ले जनाएको छ।सङ्क्रमितले लुम्बिनी मेडिकल कलेजमा सल्यकृया गराएको र पछी स्वाब लिएर परिक्षणका लागि पठाइएको थियो।

यस्तै जिल्ला प्रशासन कार्यलयले तानसेन नगरपालिका वडा न ४ का केही क्षत्र सिल गर्ने निर्णय गरेको छ।बिशालबजारलाई केन्द्रमा राखेर पुर्वमा हुलाक चोक,पश्चिममा गौरिशंकर गेस्ट हाउस,उत्तरमा टक्सार माछा पसल र दक्षिणमा पेट्रोलपम्प चौकिल्ला हुने गरी सिल गर्ने निर्णय गरेको हो।

यो सँगै तानसेनमा समुदाय स्तरमा सङ्क्रमण फैलिएको हुन सक्ने जोखिम बढेको छ।पाल्पामा हाल्सम्म सङ्क्रमित सन्ख्या ५६३ पुगेको छ जसमध्य १ जनाको मृत्‍यु भएको थियो भने ५६० जना निको भइसकेका छन।

उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्