पछिल्लो समयमा धेरै इन्टरनेट प्रयोगकर्ताले युट्युब चलाउने गरेको पाइन्छ। यस्तै पछील्लो समय युट्युबमा भिडियो बनाएर अपलोड गर्ने चलन पनि बढेको छ।यसरी भिडियो राखेर राम्रो भ्युज आएबापत युट्युबले आफ्ना प्रयोगकर्तालाई पैसा पनि दिने गरेको छ।अझ नयाँ पुस्तामा त यस्ता कुराहरुले राम्रै प्रभाव छाडेको छ।पाल्पामा पनी कम उमेरमा युट्युब खाता खोली एक लाख स्रकाइबर पुर्याएका छन दमकडाका सौगात न्यौपानेले। सोही बापत न्यौपानेले युट्युबले दिने सिल्भर प्ले बटन पनि पाउन सफल भएका छन।पाल्पाको दमकडामा २०६१/०३/०४ जन्मिएका सौगात न्यौपाने उनि बुबा पुर्शोत्तम न्यौपने आमा जमुना न्यौपानेको कान्छो छोरा हुन् ।तानसेन नगरपालिका ७ बास्टारीमा विस्डम स्कुल कक्षा नौमा अध्ययनरत न्यौपानेले १२ बर्स को उमेरमा, ६ कक्षामा पढ्दा युट्युब चलाउन सुरु गरेको र अहिले ५ बर्षमा एक लाख सस्क्राइबर भएको बताए। युट्युबर न्यौपानेले आफ्नो अनुभव यसरी साटे:

– एक दिन मैले मम्मीको मोबाइलमा `पावोर डिरेक्टर´ नामको भिडियो बनाउनी एपलिकेसन भेटाए, – त्यो एप्लिकेसन को ले डाउन्लोड गर्दियो कता बाट आयो थाहा भएन, -मैले त्यो एप्लिकेसन चलाउदा चलाउदा र युट्युबमा कसरी बनाउनी भनेर हेर्दा भिडयो बनाउन जाने -मैले युटिउव चलाउन सुरु गरेको १२ बर्स को उमेरमा, ६ कक्षामा पढ्दा, – युट्युबमा भिडियो हाल्न सुरु सुरुमा डराउथे कसैले केही गर्नी हो कि पुलिस ले छोप्नि हो कि भन्नी डर लाग्थ्यो मेरो दाइले बिश्वासले नि न हाल नहाल भन्थ्यो, -सातमा पढ्दा मैले घर तिरकै साना साथी हरु बटुलेर `बच्चा भद्रगोल´ नामक छोटाे सिरियल बनाए र युट्युबमा हाले, -बच्चा भद्रगोल बाट सफलता मिलेन अनि टेक्निकल भिडियो बनाउन थाले तेस्मा नि सफल्ता मिलेन सबै कन्टेन्ट ट्राइ गरे, -बाबाले धेरै सपोर्ट गर्नु हुन्थ्यो, – ८ कक्षामा पढ्दा मैले `टकिङ टम ´ को एनिमेसन भिडियो बनाए र पहिलो भिडियोमै २७००० भ्युज कमाए र तेसैलाइ कन्टिन्यु गरे, – बिस्तारै पैसा आउन थाल्यो.. २०७६को तिहारमा पहिलो रकम झिके।