पछिल्लो समय जिल्लाका बिभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्द भईरहेका छन ।यद्देपी यो समस्या नौलो भने होइन।बर्शेनी यो समस्याले यात्रुलाई सास्ती सँग ज्यानको जोखिम पनि रहेको छ ।यस्तो समयमा सही सुचना पाउन सकेमा जोखिम कम गर्न सकिने हुन्छ ।यस्तैमा जिल्ला प्रहरी कार्यालय पाल्पा भने यस्तो सुचनाहरु प्रवाह गर्न अग्रसर देखिएको छ ।जिल्ला प्रहरी कार्यालय पाल्पाले सुचनाको सहज पहुचको लागी आफ्नो फेसबुक ‘डिपियो पाल्पा मार्फत हरेक बिवरणहरु सार्वजनिक गरिरहेको छ ।

पहिरो मात्र नभै कार्यालय मार्फत भएका अन्य काम कार्वाहिको सार्वजनिक बिवरण पनि सोही माध्यमबाट सम्प्रेशण भैरहेका छन।यस्तो माध्यम बाट सार्वजनिक सुचनाहरु जारी गर्दा सहज भएको स्थानियको भनाइ छ।

पछील्लो समयमा फरार अभियुक्त प्राकाउ परेका सुचना देखी अबैध मदिरा नष्टको सुचना सबै एकै ठाउँमा उपलब्ध हुने ब्यवस्था प्रहरी कार्यालयले गरेको छ।यसले नागरिकमा सुचनाको हकको प्रत्याभुती गर्नुका साथसाथै सही सुचना ग्रहण गर्न पनि मद्दत गरेको छ।