रामेश्वर राउत “मातृदास ”
भाषा मानवसमाजको महानतम–दुर्लभ प्राप्ति हो । जलचर, थलचर, नवचर र उभयचरमा गणितको सङ्ख्याले गन्न र भन्न नभ्याइने प्राणीहरू छन् । ती सबै प्राणीहरूमध्येकै एउटा प्राणी हो मानव । अन्य प्राणीहरूले आफ्नो भौतिक उपस्थितिलाई गौरवशाली र प्रभावशाली बनाउन सकेका छैनन् । मानव समाजले आफुलाई सर्वाधिक चेतनशील प्राणीमा उपस्थित गराउन सक्नुको प्रमुख कारण भनेकै मान्छेले प्राप्त गरेको लेख्य भाषा हो ।

भाषा भएकै कारण मान्छेले आफुले हासिल गरेको ज्ञान, विद्या, बुद्धि र चेतनालाई संप्रेषण र सुरक्षित गर्न सकेको छ । ज्ञान, विद्या, बुद्धि र चेतनालाई पुस्तौँ पुस्तासम्म हुने गरी हस्तान्तरण एवम् पुस्तान्तरण गर्ने सौभाग्य मानवसमाजलाई प्राप्त छ।चेतना र जागरणलाई टाढा–टाढासम्म
विस्तार गर्ने मूल माध्यम भनेकै भाषा हो।भनौँ त मानवसमाजले यो पृथ्वीतलमा प्राप्त गरेको सर्वोन्नत शक्ति हो । लिपि र लेख्य भाषा प्राप्त नगरेको भए अन्य प्राणी र मानवमा कुनै भिन्न र बेग्लै अवस्था हुने थिएन ।

यस्तो दुर्लभ र अप्राप्य तत्व– भाषालाई नेपालका केही आत्मघाती दुष्ट–कुलङ्घार तलबी दलालहरूले अरूको रीसवतमा लोभिएर भाषामा भएका वर्ण र लिपिलाई नै समाप्त बनाउने जघन्य र अक्षम्य असंवैधानिक अपराध गरिाखेका छन् । हाल नेपालमा १२५ मूल जातजातिका मान्छेहरूको बसोबास रहेको छ । यी जातजातिहरूमध्येको भाषालाई अवलम्बन वा वहन गर्ने लिपि तीनवटा मात्रै रहेका छन् ।
क) राई–लिम्बूहरूको भाषा अवलम्बन गर्ने श्रीजङ्गा लिपि ।
खं) नेवारी भाषा वहन गर्ने रञ्जना लिपि ।
(ग) संस्कृत, नेपाली, हिन्दीलगायत एक सय पच्चीसै जातजातिका भाषा, साहित्य, कला, संस्कार, संस्कृति, रीत, परम्परा र सम्यता आत्मसात गर्ने मात्र देवनागरी लिपि बाँकी रहेको देखिन्छ ।देवनागरी लिपिलाई समाप्त बनाएपछि सम्पूर्ण नेपालीहरू लेख्य भाषाबाट पूर्णतः विचलित हुने तथ्य निश्चित छ ।

मौजुदा लिपि समाप्त भएपछि नेपालको लेख्य इतिहास, भूगोल, धर्म, संस्कार, संस्कृति, रीत, परम्परा एवम् अदालतबाट प्रतिपादित भएका सम्पूर्ण नजीर–सिद्धान्तहरूसमेतबाट सार्वभौमसत्ता सम्पन्न नेपालीहरूलाई वास्तविक काञ्जिहाउसका भेडा–च्याङ्ग्रामा परिणत गराउने विषाक्त योजनाअन्तर्गत नेपालमा बसोबास गर्ने १२५ जातजातिहरूमध्येमा बाँकी बचेको एक मात्र देवनागरी लिपिलाई आज चौतर्फी हमला गरिएको छ ।
(क) झर्रोवाद, (ख) सरल र प्रविधि मैत्री, (ग) ईम्बोष्ड नम्बर, (घ) युनिकोड, (ङ) मध्यमार्ग; यी पाँचवटा माध्यममा अलमल्याएर भित्री रूपमा क्रमशः वर्ण (अक्षर) र देवनागरी लिपिलाई समाप्त बनाउन आत्मघाती, दुष्ट र आन्तरिक दलालहरूलाई दर्विलो हतियार र मतियार बनाएर
नेपालको संस्कृत भाषालाई मृतभाषा घोषणा गरी संस्कृत भाषा लेखनपढन गर्नबाट वञ्चित बनाएपछि नेपाली भाषाका वर्णहरू (अक्षर) माथि हमला केन्द्रित गरिएको छ ।

यही विषाक्त मतियार र ईम्बोष्ड नम्बरको माध्यमबाट नेपालमा सञ्चालित सम्पूर्ण यातायातका साधनहरूमा प्रयोग भएका देवनागरी लिपिमा आधारित नम्बरप्लेटलाई समाप्त बनाउने योजना ल्याइएको छ ।यो भाषिक अन्याय र अत्याचारबाट सार्वभौमसत्ता सम्पन्न हामी सम्पूर्ण नेपालीहरू लेख्य भाषाबाट पूर्णतः वञ्चित बनाइने छौँ । नेपालको संविधान २०७२ को धारा ३२ (३) को प्रतिकूल हुने गरी ल्याइएको यो विषाक्त भाषाघाती अन्यायका विरुद्धमा सर्वोच्च अलालतमा रीट परेपश्चात् तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलाशले मिति २०७४ साल फागुन १० गते उक्त ईम्बोष्ड नम्बरप्लेट लागू नगर्नू-नगराउनू भन्ने अन्तरिम आदेश जारी भएको थियो । यही आदेशका कारण देवनागरी लिपिमा आधारित नम्बरप्लेटहरूले निरन्तरता पाएका थिए । दुर्भाग्य, नेपालको संविधान २०७२ को धारा ३२ (३) को प्रतिकूल हुने गरी मिति २०७६ मङ्सिर २७ गते शुक्रबार सर्वोच्च अदालतले प्रधानन्यायाधीश समेतको पाँच सदस्यीय संयुक्त इजलाशबाट भएको फैसलाले नेपालको भाषिक इतिहासमा निष्पट्ट अन्धकारपूर्ण ग्रहण लगायो । संविधान प्रदत्त भाषिक अधिकारको ठाडै अनादार र उल्लङ्घन गरेर आएको ईम्बोष्ड नम्बरप्लेट खारेजीको फैसलाले देवनागरी लिपिमा आधारित नम्बरको अस्तित्वमाथि आफ्नै न्यायालयले तगारो लगाउने असंवैधानिक मार्ग अवलम्बनले युगलाई पीडादायी प्रहार भएको आम महसुस भएको छ ।

मूलतः शील, युरोपीयन युनियन र नर्वेले नेपालको लेख्य भाषा र लिपिलाई समाप्त बनाउन ठूलो आर्थिक लगानी गरेको तथ्यगत वास्तविकता दिनको घामझै छर्लङ्ग भइसकेको छ । यो उनीहरूको स्वाभाविक धर्म र दायित्व होला । दुर्भाग्य, हाम्रा आत्मघाती दुष्ट तलबी दलालहरूले गरेको अक्षम्य र जघन्य असंवैधानिक भाषाघाती अपराधले हामी सार्वभौमसत्ता सम्पन्न सम्पूर्ण नेपालीहरूकोभाषिक अधिकारमाथिको अत्याचारलाई समयले कुनै पनि हालतमा स्वीकार गर्ने छैन ।

ढिलो होला, तर सत्यको जीत अवश्य भएरै छाड्नेछ । ‘अक्षरं परम् ब्रह्म ज्योतिरूपं सनातनम्’ यसै भनिएको छैन । देवनागरी लिपि र वर्ण (अक्षर) बचाउने महानतम अभियानमा सम्पूर्ण जिम्दा नेपालीहरू प्रतिबद्ध भएर आ–आफ्नो क्षेत्र र धरातलबाट दृढतापूर्वक जुटिरहनुभएको छ । परचक्रीहरूको क्षणिक रीसवतमा रत्तिएर आफ्नै वाणी (भाषा) को छातीमा निर्ममतापूर्वक विषाक्त छुरा हान्ने अपराधीहरूको चिहानलाई समेत समयले क्षमा र छुट दिने छैन ।
(क) आफ्ना महान् यशस्वी पूर्वजहरूको आत्मालाई तड्पाउने ।
(ख) वर्तमानमा जीवित रहेका सार्वभौमसत्ता सम्पन्न सम्पूर्ण नागरिकहरूको जिब्रो थुत्ने ।
(ग) जन्मन बाँकी भावी भविष्यमा आउने युगको भाषिक अधिकारलाई समाप्त बनाउने यी तीनवटा अक्षम्य र जघन्य अपराधीहरूको अपराधलाई समयले पानीमुनि सियोको टुप्पोले उधिनेरै भए पनि दण्डित गरेरै छाड्नेछ र यो धरती–आकाशमा चन्द्र–सूर्य रहिञ्जेलसम्म देवनागरी लिपि र चौसट्ठी (६४) वर्ण (अक्षर) मा आधारित भाषा बाँचिरहने निश्चित छ ।

संसारमा रहे÷भएका कुनै पनि भाषा, साहित्य, कला, संस्कार, संस्कृति, रीतिरिवाज, परम्परा, सभ्यता कसैका बैरी र विरोधी हेनौँ हामी नेपालीहरू । अरूको भाषामा भएका लिपि, वर्ण (अक्षर) को विनास गर्ने÷गराउने कुकर्म जघन्य अपराध र सार्वभौमसत्तामाथिको अतिक्रमणसमेत हो ।
‘वर्णविन्यास विवाद’को कपोकल्पित किर्ते जालसाजीपूर्ण हल्ला चलाएर नेपाली समाजमा व्यापक द्वन्द्वात्मक भाषिक विचलन ल्याउने दुष्प्रयासको यथार्थ अन्तर्य धमाधम प्रष्ट भइरहेको छ । मूलतः नेपाली भाषामा भएका अ, आ, इ, ई, उ, ऊ, ऋ, ऋृ, लृ, लृ, ए, ऐ, ओ, औ, अं, अः यी सोह्र (१६) वटा अक्षरहरूमा एक रौँ पनि विवाद छैन । स्वरवर्णका यी १६ वटै
वर्णहरूमा त्रितालको सूत्र सम्बद्ध रहेको प्रष्ट छ । यस्तै गरी व्यञ्जनर्णमा रहेको–
क ख ग घ ङ
च छ ज झ ञ
ट ठ ड ढ ण
त थ द ध न
प फ ब भ म
य र ल व श
ष स ह क्ष त्र ज्ञ समेतका छत्तीस (३६) वटा वर्णहरू पूर्णतः विवादरहित छन् । देवनागरी लिपिमा आधारित सामवेदको ध्वनीविज्ञानसँग तादात्म्य भएको देवनागरी लिपि र वर्ण (अक्षर) हरू त्रिकालजयी मात्र हैन सनातनसमेत छन् भन्ने तथ्यको यथार्थता ‘अक्षरं परमं ब्रह्म ज्योतिरूपं सनातनम्’बाट पूर्णतः पुष्टि÷प्रमाणित भइरहेको छ।

यी यावत् विज्ञानसम्मत वास्तविकता हुँदाहुँदै हाम्रै भाषामा भएको देवनागरी लिपि र वर्ण (अक्षर)माथिा किन हमला ? यसको
गम्भीरतापूर्वक अध्ययन, संश्लेषण–विश्लेषण गर्दा त्रिभुवन विश्वविद्यालयको नेपाली भाषा विभागमा कार्यरत प्रा.डा.हरू, पाठ्यपुस्तक विकास केन्द्र, नेपाल प्रज्ञाप्रतिष्ठान, मदन पुरस्कार गुठी र सर्वोच्च अदालतलाई समेत अध्ययन यर्दा सम्पूर्ण वास्तविकता दिनको घामझै छर्लङ्ग छ ।
नजानी नबुझीकन यी सबै बेइमानी र बदमासीहरू भएका हैनन् । श्रृष्टिकै सर्वाधिक समृद्धशाली संस्कृत भाषालाई यही भाषाका तथाकथित विद् र विद्वान् भनाउँदाहरूलाई पैसा र रैरकम प्रलोभनमा अल्झाएर संस्कृत भाषालाई ‘मृतभाषा’ (मभबम बिलनगबनभ) भनाएर÷भन्न लगाएर संस्कृत भाषाबाट नेपाली समाजलाई वञ्चित बनाइयो । जसकारणले गर्दा एउटा महानतम र श्रृष्टिकै सर्वाधिक समृद्धशाली भाषा सिक्ने, बुझ्ने, पढ्ने र पढाउने र वृद्धि–बढोत्तरी हुने मार्गबाट नेपाल र हामी आम नेपालीहरूलाई वञ्चित गराउने भूल मात्र हैन भाषिक अपराध नै भयो । लेख्य स्वरूप समाप्त बनाएपछि नेपाली जनजीवनबाट कथ्य स्वरूपसमेत संस्कृत भाषा नै दुर्लभ बनाइयो ।

यही सूत्र प्रयोग गरेर नेपालीहरूलाई सम्पूर्ण रूपले काञ्जिहाउसका भेडाच्याङ्ग्रा बनाउने विषाक्त उद्धेश्य र योजनाअनुरूप नेपाली अनुहारकै प्राज्ञ, प्रा.डा., विद् र विद्वान् भनाउँदाहरूलाई कुखुरा–बाख्रा किनेझै किनेर खरीद–बिक्री गरेर लामो समयदेखि नै गोप्य रूपमा विभिन्न बहाना बनाई त्यही सञ्जालमा हालेर देवनागरी लिपि र वर्ण (अक्षर) हरूलाई एकमुष्ट समाप्त बनाउने बेइमानी आज दिनको घामझै छर्लङ्ग भएको छ । लेख्य स्वरूप र संरचना समाप्त बनाएपछि मानवसमाजको स्वाभिमान र स्वामित्व एकमुष्ट समाप्त हुने निश्चित हुन्छ ।

यी यावत् वास्तविकताअनुरूप नेपाली भाषामा भएका बाउन्न (५२) वटा वर्ण (अक्षर) हरूमध्ये पहिलो झमटमा तेईस (२३) वटा समाप्त
बनाउने । त्यसपछि सिङ्गो नेपाली समाज २३ र २९ दुई ध्रुवमा विभाजित हुन्छ र यिनै दुई नेपाली समाजका बीचमा व्यापक भाषिक द्वन्द्व आरम्भ हुन्छ । जसलाई भाषामाफियाहरूले बाँदर शिकार नीति (ःयलपभथ एयष्अिथ) नामाकरणको अन्तर्य अवलम्बन गरेको दिनको घामझै प्रष्ट हुन्छ । यही विषाक्त भाषिक बेइमानी र कृत्रिम विचलनले गर्दा आज आम नेपाली विद्यार्थी एवम् अवोध बालबालिकाहरू शुल्क तिरेर आफ्नै भाषा गलत र अशुद्ध पढ्न बाध्य र विवश बनाइएका छन् ।

सत्य–तथ्य पत्ता लागिसकेकाले उप्रान्तलभाषामाथि भएको यो जघन्य र अक्षम्य अपराध नेपाली समाजमा रहिरहन सक्दैन। यसको न्ययायिक र यथार्थ छिनोफानो अनिवार्यतः भएरै छाड्नेछ । चिरकालपर्यन्त भाषाघाती अपराधीहरू निर्णायक बन्न सक्दैनन र समय निर्णायक बनेरै छाड्छ ।