अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)ले यो बर्षको अन्त्यमा अस्ट्रलियामा गर्ने भनेको टि२० विश्वकप २०२१ को लागि सारीएको छ।यस २०२१ मा पनि च्यम्पियन्स ट्रफीको साटो टि २० विश्वकप नै गराउने आइसिसीले निर्णय गरेको थियो।अब कोरोना भाईरसको बढ्दो महामारीका कारणले २०२० को विश्वकप २०२१ का लागि सारीएको छ भने २०२१ मा हुने भनिएको विश्वकप २०२२ मा गर्ने निर्णय आइसिसीले गरेको छ।२०२३ मा भने पुरुष एकदिवसिय विश्वकप हुने छ।

कोरोना भाईरसका कारणले प्रभाबित क्रिकेट भने बिस्तारै सुरु हुँदै छ।इङ्ल्यान्ड र वेष्ट इन्डिज बिचको टेस्ट खेल बाट ११६ दिन पछी क्रिकेट सुरु भएको थियो।