क्याराबिएन प्रिमिएर लिग(सिपिएल)मा नेपाली खेलाडी सन्दिप लामिछानेलाई जमैका तल्वासले किनेको छ।एक करोड भन्दा बढी मुल्यमा सन्दिप जमैकामा आबद्द भएका हुन।सिपिएलको २०२० को लागि भएको अक्सनमा जमैकाले सन्दिपलाई मार्की प्लेयर(महत्तवपूर्ण खेलाडी)का रुपमा राखेको छ।सन्दिपको टिममा आन्द्रे रसल,कर्लोस ब्रथ्वेट,ओसेन थोमस जस्ता खेलाडी रहेका छन।

पछील्लो समय नेपालका लेग स्पिनर लामिछाने बिभिन्न देशका क्रिकेट लिगहरु खेल्दै आएका छन।सन्दिपले आइपिएल,पिएसएल,टी१० लिग आदी थुप्रै लिगमा आबद्द भएर उत्क्रस्ट प्रदर्सन गरेका छन।