पुरन पोख्रेल

यदि तपाईंको मन नै शान्त छैन भने जतिसुकै रुप, पैसा, पद र प्रतिस्ठा नै किन नहोस तपाइँको वास्तविक मनले चाहेको जीवन बाच्न पाउनु भएन भने तपाइँ हजारौंको भिडमा आफैभित्र एक्लो बन्नुहुन्छ।आज प्रतिनिधिमुलक घटना भारतका चर्चित अभिनेता शुसान्त शिंहले आत्महत्या गरेका छ्न।उनले आफ्नो कला मार्फत आत्मबल बढाउने बारे ज्ञान दिएका थिय। उनी जस्तै पैसा र मान मर्यादाको जिन्दगी बाचेका थुप्रैले आत्महत्या गरेका घटना बेला बेला सार्बजनिक हुने गरेका छ्न।हामीले सबै पुगेर पनि किन आत्महत्या गरेका होलान भनेर विभिन्न प्रकारका धारणा ब्याक्त गर्ने गर्दछौं।सामान्यतया सबै मानिसका आफ्ना आफ्नै प्रकारका जटिलताहरु हुन्छन जुन ब्याक्ती अनुसार कसैकालागी जटिल र कसैका लागि सामान्य लाग्छ्न।मानिसका जटिलता हरु उसले चाहे अनुरुप ब्याक्त गर्न सक्ने अवस्था भएन भने उसकोजीवन भर त्यही विषय बोझ बनिरहेको हुन्छ र अन्तत उसले उन्मुक्तिको अन्तिम उपाय आत्महत्यानै ठान्दछ।त्यसका पछाडि ब्याक्ति आफै मात्रै नभै हाम्रो सामाजपनि जोडिएको हुन्छ।

दार्शनिक इमाइल दुर्खिमले उनको पुस्तक आत्महत्यामा भनेका छ्न “आत्महत्या सामाजिक अव्यवस्थितिको परिणाम हो वा सामाजिक एकीकरण वा सामाजिक एकताको कमी हो।” उनले भनेझैं प्रत्येक ब्याक्ति आफुले चाहेजस्तो समाजको खोजिमा हुन्छ।समाजको अर्थ बिचार,चेतान ,ब्याबहार विभिन्न विषयहरु जोडिएका हुन्छ्न।त्यसैले हामी हामिलाइ चित्त बुझेका बिचार संग छिट्टै नजिक हुने भावनाहरु साटने गरेका हुन्छौं।हामिले आफुलाइ ठिक लाग्ने बिचार र ब्याबहारहरु मात्रै सहि हुन भन्ने मान्यता राख्छौं तर सामाजिक नियम र संरचना हरुले ब्याक्तिका कैयौं बिचार र ब्याबहार हरुमाथी रोक लगाएको हुन्छ।मानिसले दैनिक जिबनमा उसका आफ्नै धारणाहरु निर्माण गर्छ ,आफ्नै प्रकारको स्वतन्त्रताको खोजी गर्छ ती विषयहरुलाइ समाजिक परिस्थितिसंग दाजेर सामान्यिकरण गर्छ।तर मानिसको मस्तिष्कमा मनोक्रान्ती हुन्छ जसकारण उसले आफैभित्र कैयौं युद्धहरु लडिरहेको हुन्छ।मनोक्रान्तीमा पराजयको अन्तिम परिणाम आत्महत्या बन्न पुग्छ।हामिले आत्महत्यालाई मनोबैज्ञानिक वा कमजोर दिमागको परिणाम मानेपनी त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध समाज र सामाजिक परिस्थिति संग जोडिएको हुन्छ।तपाई हामी पनि मनोक्रान्तिका बिचबाट हाम्रो जिन्दगी बाचिरहेका छौं।

समाजमा हामी प्रतिष्ठित मानिरहेका थुप्रै कलाकार ,राजनीतिकर्मी,पत्रकार प्रोफेसर ,शिक्षक,डाक्टर लगाए अन्य पेशाकर्मी हरुको जीवन हाम्रो आँखाले लोभलाग्दो र सबैपुर्ण देखिरहेका हुन्छौं तर उनीहरु आफै भित्र अभाबको जिन्दगी बाचिरहेका हुन्छ्न जसले उनीहरु भित्र जटिलता पैदा गरिरहेको हुन्छ। मानिसका विभिन्न चाहनाहरु हुन्छ्न तिनीहरुलाइ पुरागर्न सामाजिक परिस्थितिले रोकेको हुन्छ।जस्तैः कसैले प्रेमलाइ सबथोक ठानेको हुन्छ,कसैले पैसा,कसैले भौतिक सामाग्रीको उपयो र सुबिधा ,कसैले आफुले चाहेअनुरुपको बिचार निर्माण ,आफु अनुकूलको खानपिन र सम्बन्ध लगाएत थुप्रै चाहानाहरु बोकेको हुन्छ।तर हामिले ब्याक्तिको सामाजिक तह र स्तरअनुसार मापदण्ड निमार्ण गरेर बुझ्ने गरेका छौं।ठुला र पदिय भुमिका मर्यादा भएका ब्याक्तिले सामान्य ब्याबहार देखाउनु ,अन्तरजातीय प्रेम वा बर्ग नमिल्ने प्रेम,बर्ग जाती र धर्म अनुसारको घुलमिल खानपिन र सम्बन्ध ,ब्याक्तिको कुनै विषय प्रतिको एकोहोरो लगाबलाई हामिले नकारात्मक दृष्टिकोणले हेर्ने र सहजै इन्कार गरिदिने गर्छौं जसले ब्याक्तिको मनोबिज्ञानमा चोट पुग्छ र सामाज संगको दुरि बढदै जान्छ।जसकारण मानिसले एक्लोपनको महसुस गर्दै समाजसंग दुरि बढाउदै लैजान्छ।त्यसको परिणाम डिप्रेसन वा आत्महत्यामा परिणत हुन्छ।

हामिले बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्णकुरा प्रत्येक ब्याक्तिले कोहि न कोहि प्रती बिश्वास ,आदर र सुरक्षाको अनुभुती गरिरहेको हुन्छ।तपाईं हाम्रा पनि केही निकट ब्याक्तिहरु छ्न उनीहरुसंग हामिले आन्तरिक जिबनका विषयहरु ,दैनिक ब्याबहार र हाम्रा कमजोरीहरु सहजै खोलिरहेका हुन्छौं संगै सुझाव र निर्देशन मागिरहेका हुन्छौं।सिंगो समाजबाट होइन केही निश्चित समाजका पात्रहरुबाट हामिले आफुअनुकुलका अपेक्षाहरु पूरा हुने दृढ बिश्वास राखेका हुछौं।संगै पढेको साथी,शिक्षक,प्रेमी प्रेमिका,दाजुभाइ,दिदिबहिनी,आफन्त र छिमेकी लगाएत कुनै मध्यका एक वा दुइजाना मात्रै संग ब्याक्तिको आन्तरिक घनिष्ठता हुन्छ जहाँ जिबनको खुला किताब पल्टिएको हुन्छ ।त्यसरी कसैप्रती राखिएको गहिरो अपेक्षा र बिश्वासमा दरार पैदा हुन्छ जुन समाजको पर्दा पछाडि हुन्छ ।ब्याक्तिले आफुलाइ निरीह र जिबनदेखी हारमानेर एकल मनोबैज्ञानिक लडाइको यात्रा तय गर्छ त्यसैको परिणाम उसको खुसि वा समस्याको उन्मुक्ति आत्महत्यानै हो भन्ने निर्णयमा पुग्दछ।

अहिले लकडाउनको सन्दर्भमा धेरै मानिसहरु सामाजिक संरचना र परिस्थितिबाट गाझिएका छ्न उनीहरु आफ्ना प्रिय ब्याक्तिगत आदर्श पात्रहरू बाट टाढिएका छ्न ।सहजै एक अर्काप्रती आफ्ना समस्याहरुलाइ ब्याक्त गर्न पाइरहेका छैनन त्यसकारण धेरैले आफुले चाहेजस्तो जीवन बाचिरहेको अनुभुती गरिरहेका छैनन।समस्यासंग आफ्नै एकल प्रकारको मनोबैज्ञानिक लडाइ लडिरहेको मानबजाति आज आत्महत्याको शिकार भैरहेका छ्न।यसैले हामिले धेरै यस्ता घटनाहरू सुनिरहेका छौं । त्यसैले कसैले बारम्बार हामीसंग राखिरहने विषयबस्तुहरुलाइ सामाजिक नियम भन्दा बाहिर र आफु अनुकूल छैनन भन्ने अर्थमा सिधै इन्कार गर्नु वा बहिस्कार गर्नु हाम्रो गल्ती बन्न जान्छ वा जिबनमा पछुतो साबित हुनसक्छ। जिबनको अन्तिमनिर्णय सम्म पुग्दा पनि मानिसले कोहि न कोहि आफ्नो प्रिय पात्रसंग दु:ख,हार र निराशाजनक विषयहरु ब्याक्त गरिरहेका हुन्छ्न जसबाट ब्याक्ती मनोबैज्ञानिक हिसाबले समस्या संग जुधिरहेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ।

प्राकृतिक हिसाबले स्वतन्त्र ढंगले जिबनयापन गर्न खोज्नु मानिसको प्राकृतिक स्वभावलाई समाजले आफुअनुकल व्याख्या गरेको छ नियम बनाएको छ।मानिसको प्राकृतिक स्वभावलाई सामाजिकपरिस्थिति संग मेल खाने बनाउनु अथवा सामाजिक परिस्थिति हरुलाइ मनोबैज्ञानिक हिसाबले स्वीकार गर्नसक्ने आत्मबल हामिले पैदा गर्नुपर्दछ। तत्कालीन परिस्थितिमा एकले अर्काका भावना र बिचारहरुलाइ सहजै स्विकार्दै आबस्यक सल्लाह र सुझाब सहित निस्कर्ष निकाल्नु जरुरी छ। ब्याक्तीगत परिस्थिति हरुलाइ सामाजिक परिस्थिति अनुसार ढाल्दै मनोबैज्ञानिक हिसाबले एकले अर्कालाई स्विकार्दै (बिचार,ब्याबहार) जिबन जिउने कलालाई रचनात्मक बनाउनु नै आत्महत्या न्यूनीकरणको उत्तम उपाय हो।