काठमाडौ।सन्दिप लामिछानेलाइ पाकिस्तान सुपर लिग पिएसएलमा ५७ लाखमा लाहोर क्वालान्दर्सले भित्राएको छ।पछिल्लो समय विभिन्न लिगहरुमा धमाधम अनुबन्ध भएका सन्दिप आज भएको पिएसएलको पिकअप ड्राफ्टमा लाहोर क्वालान्दर्सका लागि अनुबन्धित भएका हुन।

उनको टिम लाहोर क्वालान्दर्सले अहिले सम्म दक्षिण अफ्रिकाका चर्चित क्रीकेट खेलाडी एबिडी भिलिएर्सलाइ भित्राइसकेको छ।

पिएसएलमा सन्दिप सङै ड्राफ्टमा परेका नेपाली खेलाडी सोमपाल कामीको भने टुङो लाग्न बाकी छ।