पाल्पा।दमकडा क्रीकेट क्लबले जिल्लामै पहिलो पटक ‘लेदर बलले आयोजना गरेको पाल्पा क्रीकेट लिगको उपाधी पाल्पाली क्रीकेट प्लयेर्स(पिसिपी)ले जितेको छ।दमकडा स्थित खेल मैदानमा सम्पन्न फाइनल खेलमा पिसिपिले पाल्पाली लेजेन्ड्सलाइ १२ रनले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पिसिपिले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६८ रन जोड्न सफल भएको थियो।पिसिपिका लागि मध्यक्रममा ब्याटिङ गर्न आएका सरन रसाइलीको १२ बलमा ३० रनको मद्दतले उक्त योगफल तयार भयो।त्यस्तै पिसिपिका लागि आसिश लोहनीले २६,अजय बस्यालले १५ तथा सन्चर तिमिल्सिना र नरेस कुमारले क्रमश १३ र १२ रन जोडेका थिए।

लेजेन्ड्सका लागि केशव पराइ,पुर्न राज शाक्य र राजिब श्रेष्ठले २-२ विकेट तथा सुरेश गोदारले १ विकेट लिए।

जवाफमा १६९ रनको मध्यम योगफल पछ्याएको लेजेन्ड्सले २० ओभरमा जम्मा १५६ रन बनाउन सफल भयो।

प्रतियोगितामा रुपेश बस्याल बेष्ट बलर, राजेन्द्रमान साक्य बेष्ट ब्याट्सम्यान र सागर थापा क्षेत्री म्यान अफ दि सिरिज घोषित भए। प्रतियोगितामा मोहन भुषाल स्टाईक बलर र सतिश मश्राङ्गी स्ट्राईक ब्याट्सम्यान घोषित भए। म्यान अफ दी फाइनल राजेन्द्रमान शाक्य घोषित भए।त्यस्तै म्याक्स स्पोर्ट्सले फेयर प्ले अवार्ड पाएको छ।

प्रतियोगिताको कुल बजेट रु ४ लाख रहेको थियो भने प्रथम हुनेले रु ६० हजारका साथै ट्रफी र प्रमाणपत्र, दोश्रो हुनेले रु ३० हजार, मेडल र सर्टिफिकेट, फेयर प्ले टिमले रु ५ हजार, हरेक खेलका म्यान अफ द म्याचले रु १ हजार, म्यान अफ द सिरिजले रु ३ हजार, बेस्ट क्याचले रु २ हजार र बेस्ट योङ प्लयेरले रु १ हजार प्राप्त गरेका छन।