२८ माघ।आइसिसी वल्र्ड क्रीकेट लिग डिभिजन २ अन्तर्गतको खेलमा नेपाल बिजय भएको छ।नामिबियामा जारी प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई ५ बिकेटले पराजित गरेको हो।

टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले युएईलाई ११४ रनको सामान्य योगफल्मा समेटेको थियो।चिसो मैदानका कारण ढिलो सुरु भएको खेल ३४ ओभरमा छोट्टाइएको थियो।युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले ४ र सन्दिप लामिछानेले ३ विकेट लिएका थिए।यस्तै पारस खड्काले २ र करन केसिले १ विकेट लिए।

नेपालको जितमा कप्तान पारस खड्काले ५१ रनको योगदान गरे।पारसले ४८ बल खेल्दै २ चौका र ५ छ्क्का प्रहार गगरे

यो सङै नेपाल अन्क तालिकाको दोश्रो स्थानमा उक्लिएको छ।